आदर्श नेपाली समाजको पुनर्गठन, अध्यक्षमा तोया पौडेलसहित ११ जना निर्वाचित –

आदर्श नेपाली समाजको पुनर्गठन, अध्यक्षमा तोया पौडेलसहित ११ जना निर्वाचित –

वासिंटन डिसी, अमेरिका, सेप्टेम्बर १२, २०१९

अमेरिकाको पूर्वी भूभाग अर्थात् वासिंगटन डिसीको नजिकै रहेकाे नेपालीहरुको संस्था आदर्श नेपाली समाजको नयाँ कार्य समिति बनेको छ, जसमा हरन्डन निवासी तोया पौडेललगायत ११ जनाको समिति निर्विरोध निर्वाचित भएको छ ।

यही August 24, 2019 शनिबारका दिन आदर्श नेपाली समाजका सदस्यहरू, कार्यसमितिका सदस्यहरू, सल्लाहकारज्यूहरू, नेपाली भाषा स्कुलका शिक्षकहरू, स्वयंसेवक, र समुदायका अन्य महानुभाबहरूको बैठकले सर्बसम्मतिबाट निर्बिरोध रुपमा आदर्श नेपाली समाजको नयॉ कार्य समितिको छनौट गरेकोले उक्त नयॉ कार्यसमितिको सदस्यहरूको सपथग्रहण तथा पदहस्तान्तरण संबन्धी विशेष कार्यक्रम आज मिति २०१९, सेप्टेम्बर १२ तारिखमा सम्पन्न भएको छ ।

त्यसैगरी उपाध्यक्षमा मोहन उप्रेती, सचीवमा चिरन्जीवि लामिछाने सह सचीवमा रुद्र ढुंगेल र कोषाध्यक्षमा सुशीला खनाल सुवेदीलगायत ११ जनाको टिम निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा विमल आचार्य, अर्जुन सिग्देल, बसन्त पौडेल, सम्झना अर्याल घिमिरे, सरला भण्डारी र भूमा खरेल चुनिएका छन् ।

सल्लाहकारहरुमा परशुराम भण्डारी, डा. मदन उप्रेती, गुणराज लुइटेल, गोविन्द सुवेदी, ठाकुर ढकाल, प्रदीप ढकाल, राजेन्द्र खनाल, बिना गेलाल, नारायण पौडेल, सुदीपभद्र खनाल, बन्नी प्रधान र कृष्ण खनाल रहेका छन् ।

यसैगरी सो समाजले संचालन गर्दै आएको नेपाली स्कूल संचालन गर्नको लागि आरती सिग्देलको संयोजकत्वमा सरला भण्डारी, सुशिला भण्डारी, सरला कार्की, हरि पौडेल, दुर्गा पौडेल, सुमित श्रे़ष्ठ, अनिता ढकाल, राजेश क्षेत्री, टीका कार्की, जयन्ती विष्ट र घनेन्द्र फागो लगायतको संचालक समिति चयन भएको छ ।

हर्नडनमा खोलिएको यो सँस्था बिगत दुई वर्षदेखि आदर्शकै रुपमा स्थापित हुँदै आई रहेको छ । यसै क्रममा नयॉ पदाधिकारी घोषणा र स्वागत र सपथग्रहणसहितको कार्यक्रमको सोही अवसरमा निवर्तमान अध्यक्ष अर्जुन सिग्देलले विगतमा भएका विविध गतिविधिको जानकारी गराएका थिए भने आर्थिक प्रतिबेदन तोया पौड्यालले प्रस्तुत गरेका थिए ।

नयॉ कार्यसमितिका पदाधिकारीहरुलाई संस्थाका सल्लाहकार एवं निर्वाचन आयुक्त परशुराम भण्डारीले सपथ ग्रहण गराएका थिए ।
आरती सिग्देलले संचालन गरेको उक्त कार्यक्रममा गुणराज लुइटेल, गोविन्द सुवेदी, सीता काफ्ले र हर्नडन टाउन काउन्सिलका निर्वाचित सदस्य प्रदीप ढकालले शुभकामना ब्यक्त गरेका थिए ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.