डिसी मेट्रोवासी नेपालीहरुले यसरी मनाए रक्षाबन्धन तथा जनैपूर्णिमा

August 15, 2019 Thursday

डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 209 अगस्ट 15 तारिख बिहीवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम सफलतापूर्वक सम्पन्न  गरेको छ । 

वाशिंटन डिसी तथा भर्जिनियाको वरपर बस्ने  करिब २००० जना भक्तजनको उपस्थिति सहित यो वर्षको जनै पूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भव्यरुपमा सम्पन्न भयो ।

बिगतमा यो कार्यक्रम सधै डिसी नेपाली समाजका संयोजक अरुण रुपाखेतीको घरमा गर्दै आईएकोमा यो वर्ष सम्पूर्ण आगन्तुक तथा भक्तजनहरुलाई  आउन तथा पार्किंगको  पनि सुबिधा होस्  भनेर  नजिकैको दुर्गा टेम्पल मा गरिएको थियो ।

प्रमुख गुरु राजेन्द्र खनालको साथमा अरु थप चार जना गुरुहरु  ज्योतिष पण्डित कृष्णप्रसाद खनाल, पं.डिल्लीराम अधिकारी , नेपालबाट केही समयका लागि आउनु भएका  गुरु कृष्णप्रसाद खनाल  तथा पं. होमनाथ चापागाईको सक्रियताको साथै आयोजक कमिटीका  अरुण रुपाखेती, ददि ढुंगाना, कमल पोखरेल हरिकृष्ण पुडासैनी, अर्जुन ढुंगेललगायत   अन्य सँस्थाका  कार्यकर्ता, तथा स्वयंसेवकहरुको पनि सक्रिय सहभागितामा उक्त कार्यक्रम सफल भएको थियो।

यस कार्यक्रममा क्वाँटी खाने परम्पराको निरन्तरता दिन सम्पूर्ण भक्तजनका लागि क्वाँटी तथा हलुवा आदि प्रसादको व्यबस्था पनि गरिएको थियो ।

हिन्दुधर्म,सँस्कृति,परम्परा र चाड पर्वहरुको संरक्षण, संवर्द्धन एवं निरन्तरताको लागि डिसी नेपाली समाजले बिगत १ दशकदेखि निरन्तरता दिदैं आएको छ ।
विहान ५ बजेदेखि नै वैदिक  विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एवं धारणको कार्यक्रमको लागि गरिएको ब्यवस्थापन तथा समाहित धार्मिक जनसहभागिताको भिडलाइ अवलोकन गर्दा अमेरिकामा रहेर पनि हिन्दु (नेपाली) समाज एकैसाथ भेट भएर कार्यक्रममा भाग लिन पाउँदाको छण नेपालकै पशुपति क्षेत्रलाई स्मरण गर्न सकिएको कुरा उपस्थित भक्तजनहरुले व्यक्त गरेका थिए ।

भविष्यमा यस किसिमको धार्मिक, साँस्कृतिक कार्यक्रमको निरन्तरताको लागि मन्दिर तथा सामुदायिक भवन ब्यवस्थापन गर्न यो सँस्थाले निकै ठूलो योगदान पुर्याउन सक्ने कुराको विश्वास गर्न सकिन्छ ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.