अमेरिका तथा क्यानडामा हुनेहरुको लागि सन् २०१८ को नेपाली पात्रो तथा क्यालेन्डर प्रकाशन

ज्योतिष शास्त्री राजेन्द्र खनाल 
अमेरिका तथा क्यानडामा बसोबास गर्दै आउनुभएका सम्पूर्ण हिन्दु सम्प्रदाय तथा नेपाली र भूटानीहरुको लागि “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”मा कार्यरत सम्पूर्ण ज्योतिषी गुरुहरुको निर्णीत संयोजनमा निर्मित “मारुतिनन्दन नेपाली पञ्चाङ्ग” पात्रो र “मारुतिनन्दन नेपाली क्यालेन्डर” यहीकै अक्षांश र देशान्तरको प्रयोग गरी स्थानीय समयको आधारमा अथक् मिहिनेत र प्रयासका साथ तेस्रो प्रकाशन गर्न सफल भएका छौँ । अमेरिका र क्यानडामा  बस्ने नेपालीहरुको समयको मागअनुरुप जथाभाबी प्रयोग गरिने भ्रमलाई निराकरण गर्ने उद्देश्यका साथ दर्ता भएको संस्था  “ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र”ले गरेको यो काम एक उदाहरणीयका साथै प्रशंसा  गर्न लायक  छ । ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र” ज्योतिष र हिन्दु संस्कारसम्बन्धी काम गर्नका लागि खोलिएको नाफामुक्त ( Non profit organization) संस्था हो । बरिष्ठ ज्योतिषी पद्मलाल ढकालको विशेष पहलमा यो कार्य सम्पन्न भएको हो ।  अबदेखि नेपाल तथा भारतका लागि बनाइएका पात्रा तथा क्यालेन्डरहरुको आधारमा मनोमानी अन्दाजको भरमा प्रयोग गर्ने झन्जटबाट हामी सबै नेपाली मुक्त भएका छौं । नेपाली चाडपर्व तथा अमेरिकी चाडपर्व र तिथिमिति थाहा पाउन यस्को प्रयोगबाट निकै सहज् भएको छ भन्ने कुरामा दुई मत छैन ।  यो कुनै त्यस्तो व्यापारमुखी कार्य नभई यस्तो खालको अनुसन्धानमूलक कामको लागि कार्यालयीय ख़र्च र प्रकाशन तथा वितरण  खर्चमा भार नपरोस् भन्ने उद्देश्यले सहयोग स्वरुप पात्रोको लागि आठ र क्यालेन्डरको लागि ६ डलरको मूल्य तय गरेका छौँ, सहयोग गर्न सक्नु हुने महानुभावहरुले  त्यो भन्दा बढी  पनि गर्न सक्नुहुनेछ । लेखन तथा सम्पादनमा केही कमी कमज़ोरी भएमा जानकारी तथा प्रतिकृया  जनाउनु होला, अर्को वर्ष हामी सुधार गर्नेछौं । आफ्नो साथिभाई इस्टमित्रलाई पनि यसको बारेमा जानकारी दिनुहोला ।
पञ्चाङ्गको बारेमा कुरा गर्नु पर्दा यसभित्र नेपालबाट निस्कने पात्रोहरुमा जस्तै धेरै जानकारीमूलक कुराहरु समावेश गरिएको छ । जसमा नेपाली गते, बार, तिथि, नक्षत्र, योग र करणको घडिपला र घन्टा मिनट बजेमा राखिएको छ । नेपाली तथा अमेरिकन विदा तथा चाडपर्वहरुको बारेमा पनि सूचिकृत गरिएको छ । वार्षिक राशिफल तथा ग्रहयोग र विभिन्न उपयोगी सामग्रीसमेत उल्लेख गरिएको छ ।
त्यस्तै क्यालेन्डरमा पनि सम्पूर्ण कुराहरुलाई समेट्ने प्रयास गरेका छौँ । जनवरीदेखि डिसेम्बरसम्म पर्ने चाडपर्व तथा ब्रतहरु र नेपाली साहित्यकार र नेपाली वर्णमालाको बारेमा संक्षिप्त जानकारी दिइएको छ, जसले गर्दा तपाई हाम्रा बच्चाहरुलाई नेपाली भाषा तथा सँस्कारको ज्ञान वृद्धि गराउन सघाऊ पुग्नेछ । तपाईको मनमा लाग्न सक्छ, अनलाईनमै एप्समार्फत हेर्न पाईहालिन्छ नि? किन किनी राख्न पर्यो र ? पहिलो कुरा तँपाईले अनलाईनमा खोजेको भन्दा यसमा धेरै भिन्नता पाउनु हुनेछ । अनलाईनमा राखिएका पात्राहरु नेपाल र ईन्डियाको लागि भनेर बनाईएका छन् । दोस्रो कुरा यदि तपाईको घरमा बच्चाहरु छन् भने उनीहरुले यस विषयमा चासो लिई बुझ्न कोसिस गर्नेछन् र चाडपर्व तथा हाम्रो संस्कारको विषयमा बुझाऊन सजिलो हुनेछ ।
यो क्यालेन्डर  तथा पञ्चाङ्ग प्राप्त गर्नका लागि यो लिंकमार्फत अर्डर गर्न https://hinduculturecenter.com/shop
वा तल दिईएका नम्बरहरुमा सम्पर्क गर्नुहोला । हामी तपाईलाई हुलाकमार्फत तपाइकै घरमा पठाउने छौँ वा नजिक भएमा तुरुन्त डेलिभरी गर्नेछौं । कर्मकाण्ड तथा ज्योतिषसम्बन्धी कुनै पनि जिज्ञाशा, चिना, टिप्पन बनाउन तथा हेर्नु परेमा तलका नम्बर तथा वेवसाईटमार्फत सम्पर्क गर्न सक्नु हुनेछ । www.hinduculturecenter.com
धन्यवाद ।
सम्पर्क :  ज्योतिष अनुसन्धान एवम् परामर्श केन्द्र तथा हिन्दु कल्चरल सेन्टर, अमेरिका
सम्पर्क व्यक्ति : ज्योतिषी राजेन्द्र खनाल
                    703-870-6480 or         khanalguru@gmail.com
                 डा. लक्ष्मीनारायण ढकाल
                  (502) 835-3987 or     dhakallaxmibhu@gmail.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.