प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने गरेको पाइन्छ । नेपालको तराइ क्षेत्र तथा इन्डियामा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । नेपालकै नेवार समुदायमा यसलाई क्वाँटी खाने दिनका रुपमा तथा “गुनुपुन्ही” भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियलपूर्णिमा, अवनि अवित्तम तथा जे सुकै नाम दिए पनि हामीहरुका लागि यो पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनका नामले प्रसिद्ध छ ।
![](http://hinduculturecenter.com/wp-content/uploads/2017/07/IMG_5153-300x240.jpg)
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहज पुरस्तात्।
आयुष्यमग्रम् प्रतिमुंच शुभ्रम् यज्ञोपवीतं बलमस्तु तेज:।
यो मन्त्र उच्चारण गरी लगाउनु पर्दछ । जनैमा प्रयोग हुने डोरा, ग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छन। यी कर्महरू गर्दा व्यक्ति, देव ऋण, ऋषी ऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ। जसको वैदिक विधिअनुसार चूडोपनयन(ब्रतबन्ध) कर्म भैसकेको छ, ऊ व्यक्ति मात्र जनै लगाउन योग्य हुन्छ । जनै लगाउनाले आयु तथा बल वृद्धि हुने तथा पापनाशक हुने कुराको विश्वास गरिन्छ ।
हाम्रो समाजमा एक किसिमको भ्रम फैलाइएको पाईन्छ त्यो हो बाहुन् भएर जन्मिएकोले मात्र जनै लगाउनु पर्छ भन्ने धारणा । मान्छे जातले मात्र ब्राह्मण हुने होइन ऊ कर्म गरेर ब्राह्मण बन्ने हो । ब्राह्मणको घरमा जन्मदैमा उस्लाई सबैले गुरु पुरोहित मन्नुपर्छ भन्ने होइन, उस्ले ब्राह्मणले जस्तै कर्म गर्यो भने मात्र ऊ गुरु तथा पुरोहित बन्न सक्छ । जनै लगाउदैमा गुरु पुरोहित पनि भइने होइन, गुरु पुरोहित बन्ने मार्ग चाँही खुला हुन्छ । जनै लगाउनाले मन, वचन र कर्मलाई पवित्र बनाउन सकिन्छ । आफ्नो मस्तिस्कको शक्तिलाई बढाउन सकिन्छ, जनै लगाइसकेपछि उस्ले नित्य गरिनु पर्ने नित्यकर्मको बारेमा जानकारी लियी त्यस्को पालना गर्नुपर्छ जसले गर्दा उसको जीवन सधै स्वस्थ र निरोगी बन्नुका साथै दिमाग़ लगाएर गर्नु पर्ने काममा सहयोग पुग्दछ ।
![](http://hinduculturecenter.com/wp-content/uploads/2017/07/IMG_5154-300x300.jpg)
पौराणिक कथनअनुसार यसै दिन महाराज इन्द्रले बृहस्पति गुरुको सल्लाह लिई भगवान विष्णुको आराधना गरे भने भगवान विष्णुले बलीराजा दानवको घमण्डलाई नाश गरी पाताल लोकमा राज्य गर म तिम्रै साथमा रहनेछु भनी बाचाबन्धन गरेकाले यसैको विजयोत्सवस्वरुप यो पर्व मनाउँदै आएको पाईन्छ । रक्षाबन्धनको सही अर्थ आफू आत्मस्थितिमा अचल भएर पवित्रताको पालन गर्नु हो, यसै कारण हामीहरुले अहिलेसम्म हामीहरु जहाँ भए पनि यो पर्व मनाउँदै आइरहेका छौं र भविष्यमा पनि हाम्रा सन्ततिहरुले मनाउँदै जानेछन् भन्ने कामना गर्दछु ।
लेखक ज्योतिषी खनाल बिगत १० बर्षदेखि डिसी भर्जिनिया तथा मेरिल्यान्ड क्षेत्रमा कर्मकान्ड तथा ज्योतिष पेशामा समर्पित हुनुहुन्छ ।
नोट : यस् बर्षको जनै पुर्णिमा यही अगस्त ७ तारिख पर्दछ ।अमेरिकाको पूर्वीय भुभागमा बस्नु हुने तथा यस् क्षेत्रमा आउनु हुने सबैभक्तजन्हरुलाई डिसी नेपाली समाज, अमेरिकाको निमन्त्रणा डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा बिगतका ६ वर्षहरुमा जस्तै यस वर्ष पनि यही अगस्ट ७ तारिख 2017, सोमवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएकोहुँदा यहाँहरु सबैलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा टक्र्याउदछौ ।
नोट** नेपालमा नेपालको समयानुसार यसपटकको जनै पूर्णिमा चन्द्र ग्रहण परेकोले नागपञ्चमीकै दिन जुलाई २८ तारिख गर्ने निर्णय भएको छ, तर अन्य ठाँउमा भने त्यो दिन ग्रहण नलाग्ने भएकाले रक्षाबन्धन तथा जनै पूर्णिमाअगस्त 7 तारिख मनाउन नेपाल तथा अमेरिकामा रहेका ज्योतिषीहरुको मत एक भएको छ । यस कारण अमेरिकामा पनि अगस्त ७ तारिख नै मनाउने निर्णय गरिएको हो ।
जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटीको पनि व्यबस्था गरिएको छ ।
Address : 14102 Wood Rock Way, Centreville VA, 20121
Date : August 7, 2017 Monday
Time : 7:00 AM To 7:00 PM For More Details: 571-438-5499 or 703-870-6480 ज्योतिष पंडित राजेन्द्र खनाल तथा सम्पूर्ण डिसी नेपाली समाज परिवार