डिसी नेपाली समाज अमेरिकाको जनैपूर्णिमा पर्व २०२० को सूचना

डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि यहीँ अगस्ट ३ तारिख सोमबार जनैपूर्णिमाको दिन ज्योतिष पण्डित राजेन्द्र खनालद्वारा जनै तथा रक्षाबन्धन पूजन तथा मन्त्रण गरी जनै तथा रक्षाबन्धन लिनको लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
हाम्रो योजनाअनुसार यसपालीको जनैपूर्णिमा भव्यरुपमा हाम्रै नेपाली अमेरिकन सामुदायिक केन्द्रको भवनमा गर्ने योजना हुँदाहुँदै पनि कोभिड- १९ ( कोरोना) को कारण हामीले गर्न सकेनौँ,
यसपाली सामाजिक दूरी (६ फिट) कायम गरी जनै र रक्षाबन्धन उपलब्ध गराउने व्यवस्था गरेका छौँ, सोही अनुरुप हजुरहरु डिसी नेपाली समाजको कार्यालयमा आई विहान ७ बजेदेखि बेलुका ६ बजेभित्र लिन सक्नुहुनेछ ।
धन्यवाद ।
डिसी नेपाली समाज, अमेरिका

नोट : अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने बिगतका वर्षहरुमा आउनुहुने आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुलगायत सम्पूर्ण भक्तजनहरुलाई डिसी नेपाली समाज, अमेरिकाले निमन्त्रणा गरेको कुरा यसै सूचनामार्फत सूचित गरिन्छ ।

लिने समय : बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म ।
Date : August 3, 2020 Monday सोमबार
Time : 7:00 AM To 6:00 pm
Address :
DC Nepali samaj

14102 wood Rock way
Centreville VA 20121
सम्पर्क –
703-909-7123
Or 571-438-5499
Or 703-870-6480

One Comment

  1. Pingback: सूचना । सूचना ।सूचना । डिसी नेपाली समाजको आयोजनामा डिसी भब्य जनै पूर्णिमा कार्यक्रम हुदै - Enepalese.com

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.