ज्योतिषअनुसार चिना भनेको के हो ? चिना (कुन्डली ) हेराउन किन आबश्यक छ ? ज्यो. पं.राजेन्द्र खनाल

युबा ज्योतिष शास्त्री राजेन्द्र खनाल 

Washington, DC USA 

प्रस्तुत छ अमेरिकाको वाशिङ्टन डी सीमा बस्नु हुने युबा ज्योतिष राजेन्द्र खनालसँग मदन उपाध्यायले गरेको कुराकानीमा अाधारित प्रश्नोत्तर अंश

ज्योतिषअनुसार चिना भनेको  के हो ? चिना (कुन्डली ) हेराउन किन आबश्यक छ ?

ज्योतिषम् नेत्रमुच्यते ” 

ज्योतिष एउटा यस्तो विधा हो, जस्लाई आँखाको प्रयायबाचीका रुपमा  परिभाषा गरिएको छ । किन यस्लाई  आँखा भनियो त भनेर प्रश्न उठ्न सक्छ, हाम्रो आँखाले संसारलाई

हेर्न सकेजस्तै ज्योतिषको माध्यमबाट हामी संसारलाई देख्न र भोग्न सक्छौ । जसबाट  भूत, वर्तमा न र भविश्य  के हुँदैछ भन्ने कुराको पनि अध्ययन गर्न सकिन्छ । 

अहिलेको समयमा ज्योतिषलाई दुई तरिकाबाट अध्ययन गरिएको पाईन्छ – सैध्दान्तिक तथा व्यवहारिक 

 सैध्दान्तिक (वैज्ञानिकज्योतिष Astronomy –                

सैद्धन्तिक अर्थात वैज्ञानिक ज्योतिष : ज्योतिषशास्त्रलाई आधार  मानेर वैज्ञानिक  ढंगले गरिने खगोलीय अध्ययनलाई सैद्धन्तिक ज्योतिष भनिन्छ ।

आधुनिक उपकरणहरुको प्रयोगद्वारा  गरिने यो खालको अध्ययनले ब्रह्मान्डमा रहेका ग्रह तथा उपग्रहह रुको बारेमा अनुसन्धान गरिरहेको  हुन्छ । यूरोप, अमेरिका, नेपाल, इन्डिया(भारत) तथा विश्वका

अधिकांश विश्वविद्यालयहरुमा यसको व्यापक अध्ययन अध्यापन गरिएको पाइन्छ ।

  व्यवहारिक ज्योतिष

व्यवहारिक ज्योतिष भन्नाले ग्रह  तथा उपग्रहहरुको मानिसमा पर्ने प्रभावलाई अध्ययन गरी बताउने शास्त्र हो । जसलाई फलादेश अर्थात् फलित ज्योतिष पनि भनिन्छ । फलादेश ज्योतिष अन्तर्गत पनि दुई भाग पर्छन् ,जुन हुन् – सामुद्रिक शास्त्र र कुन्डली शास्त्र  । 

१. सामुद्रिक शास्त्र – 

सामुद्रिक ज्योतिष भन्नाले व्यक्तिको अंग( हात, अनुहार, खुट्टा आदि) का आधारमा भविष्यफल बताउने ज्योतिष हो, जुन कुरा अध्ययन, अनुभव र सिध्दिप्राप्तिको आधारमा पनि  बताउन सकिन्छ । धेरै व्यक्तिहरु यसमा सिद्धि प्राप्त गरेर चर्चित बनेको पाईन्छ । विश्वबिख्यात भविश्यबक्ता किरो ले पनि यस्लाई विश्वासामु फस्टाएका छन् । पश्चिममा जन्मिये पनि उनी ईन्डियामा बसी पूर्वीय दर्शन र सामुद्रिक ज्योतिषका ज्ञाता हुन पुगे । सामुद्रिक ज्योतिषअनुसार ब्यक्तिको हातको रेखाको आधारमा भविश्य फल बताइन्छ ।

कुन्डली शास्त्र: 

कुन्डली शास्त्र भन्नाले मानिस जन्मदा ग्रहहरुको अवस्था कस्तो थियो त्यसको आधारमा ग्रह गणित गरी बनाईने एक प्रकारको राशि चक्र हो, जसमा बार्ह्रवटा राशिका बाह्रवटा घर हुन्छन् । जसलाई हामी समग्रमा चिना पनि भन्दछौं । यो बनाउनका लागि तीन कुराको आवश्यक पर्छ ती हुन् – जन्मस्थान, जन्मसमय र जन्ममिति ।

जन्मस्थानका आधारमा त्यस ठाउँको अक्षांश र देशान्तर पत्ता लगाई, जन्मसमयलाई इस्टकालमा रुपान्तरण गरी सूर्यादि ग्रहस्पस्ट निकाली, लग्नस्पस्ट गरेपछि मात्र चिना अर्थात् कुन्डली बन्दछ । चिनाको मुख्य अंश नै कुन्डली हो ।

पहिले यसलाई हातैले गणित गरी निकालिन्थ्यो भने अहिले यसलाई कम्प्युटरका माध्यमबाट विभिन्न सफ़्टवेयर प्रयोग गरेर पनि बनाउन सकिन्छ । ज्योतिष विद्यालाई धेरै पहिलादेखि नै पेशाको रुपमा अगाल्दै आएको पाईन्छ । यसको बारेमा सामान्य जानकारी लिएर मात्रै पनि कतिपय व्यक्तिहरुले यसलाई आफ्नो पेशा बनाएको पाईन्छ । तर यसको विस्तृत अध्ययन नगरी आफूलाई ज्योतिषी भनियो भने काँचों अन्नलाई नपकाईकनै भोजन गर्दाको जस्तो अवस्था सिर्जना हुन सक्छ । त्यसकारण सामान्य आधारभूत ज्ञान आर्जनका साथै विशिष्ट ज्ञान हासिल गरी अरुको कुन्डली विस्तृत रुपमा अध्ययन गरेर मात्र फलादेश गर्नु उपयुक्त हुन्छ । बार तिथि, नक्षत्र, महिना, गते, योग, करण, लग्न, राशि तथा ग्रहहरुको रंग र स्वभाव अनि अवस्थाको बारेमा जानकारी लिई अगाडि बढ्न सकिन्छ ।

के-के कुरा हेर्न सकिन्छ कुन्डली(चिना)बाट ? 

कुनै पनि  व्यक्तिको कुन्डलीका आधारमा उसको भविष्य बताऊन सकिन्छ । कुन्डलीमा रहेको पहिलो भावबाट उसको स्वास्थ्य र स्वभाव हेर्न सकिन्छ भने यसैगरी दोस्रो तथा अन्य भावबाट धनसम्पत्ति, बचत, पराक्रम तथा दाजुभाइ दिदीबहिनी, साथिभाइ तथा पारिवारिक सम्बन्ध, बाहन तथा घरसम्बन्धी, अध्ययन, अध्यापन तथा विषयगत रुचि, सन्तानयोग, शत्रु सम्बन्ध, लोग्नेस्वास्नीबीचको सम्बन्ध, आयु तथा जिवनमा घट्नसक्ने दुर्घटनाहरु, भाग्योदय, धर्म तथा संस्कारप्रतिको रुचि, पेशा तथा पितापुत्र सम्बन्ध, स्थानान्तरण तथा आम्दानीका स्रोतहरु, तथा उसको ख़र्च सम्बन्धी विवरण आदि कुराहरु पत्ता लगाउन सकिन्छ ।

कसरी थाहा हुन्छ  मान्छेको रुचिको क्षेत्र ? 

– रुचि क्षेत्र भन्नाले व्यक्तिले पढ्न चाहेको विषय वा काम गर्न चाहेको क्षेत्र भन्ने बुझिन्छ । आफ्नो रुचि क्षेत्र र कुनबाट आफूलाई बढ़ी फाईदा र सन्तुष्टि मिल्छ भन्ने कुरा पत्ता लगाउनु नै जीवनको मुख्य उपलब्धि हो । यो कुरा ग्रहको स्वभावअनुसार ग्रहको बलाबलको आधारमा बताउन सकिन्छ । ग्रहको स्वभावअनुसार जुन ग्रह बढ़ी बलियो हुन्छ, त्यो व्यक्तिको जीवनमा पनि त्यहीँ ग्रहको प्रभाव बढ़ी परेको हुन्छ । यो कुरा समयमै पत्ता लगाउन नसकेकै कारण धेरै व्यक्तिहरु समस्यामा परेको देखिन्छ । कुन विषय पढ्दा आफूलाई सबैभन्दा ठूलो सफलता मिल्छ र कुन पेशा गर्यो भने आफूलाई बढ़ी सन्तुष्टि मिल्न सक्छ भन्ने कुराको निर्क्योल गर्न नसक्दा धेरै मानिसहरु यसको पीड़ाबाट छट्पटाईरहेको पाईन्छ, कसैकसैलाई भने भाग्य बलियो भएकै कारण जुन पेशा रोज़े पनि सफलता मिल्न सक्छ तर यो कुरा सबैमा लागु हुँदैन किनकि जतिसुकै मिहिनेत गरेपनि उपलब्धि हासिल गर्न नसकेका उदाहरणहरु प्रशस्त छन् हाम्रो समाजमा । आफ्नो कुन्डलीमा सबैभन्दा बढ़ी बलियो ग्रह र स्थानका आधारमा रुचिक्षेत्रको पहिचान गर्न सक्यो भने जीवनमा पछुताउ हुँदैन । कतिपय व्यक्तिहरु जुन आफ्नो रुचिको विषय थाहा हुँदाहुँदै पनि आफ्नो साथीभाइ र परिवारको कारण अरुकै पेशा रोज्न बाध्य हुन्छन् जसका कारण पेशाप्रति वितृष्णा जागृत हुँदै, असन्तुष्टि पैदा भई विषय परिवर्तन गरी डिप्रेशनको शिकार बन्न पुगेको देखिन्छ ।

वैवाहिक सम्बन्ध कसरी पत्ता लगाउने ? 

धेरै राम्रो प्रश्न यस्ले धेरै जनालाई लाभ पुग्न सक्छ । मानिसको जीवनमा आईपर्ने एउटा महत्वपूर्ण पाटो हो विवाह । सामान्यतया हाम्रो धर्मशास्रमा विवाह गर्ने उमेर २५ वर्ष पुगेपछि मानिन्छ तर ज्योतिषमा भने यो कुरा अलि अघि पनि हुन सक्छ अलि पछाडि पनि । धेरै व्यक्तिहरु आजकल आफ्नो वैवाहिक सम्बन्धको समस्यामा परेपछि मात्र ज्योतिष हेराऊन आउँछन् तर विवाह गर्नु अघि नै यससम्बन्धी सल्लाह र परामर्श लिएर गर्ने हो भने समस्या नै नआउन सक्छ । त्यसकारण हाम्रो समाजमा विवाह हुनु भन्दा अघि नै धेरै कुराको विचार गरिन्छ । विवाह गर्नका लागि सबैभन्दा पहिला त सँस्कार नै मिल्नु पर्दछ । सँस्कार मिलेन भने त्यहीबाटै द्वन्द सुरु हुन थाल्छ । कसैकसैले मात्र आफ्नो भन्दा फरक सँस्कारमा गएर पनि विवाह गर्छन् तर त्यो भित्रैदेखिको इच्छा नभई बाध्यात्मक परिस्थितिको कारणले स्वीकार गर्न पुग्छन् । त्यसकारण सँस्कार मिल्यो भने धेरै कुरा मिल्न सक्छ ।

सँस्कारसँगै अर्को हेर्नु पर्ने महत्वपूर्ण कुरा हो गोत्र । विवाह गर्नुको एउटा महत्वपूर्ण उद्देश्य हुन्छ सन्तान उत्पादन गर्नु । एउटै गोत्रमा विवाह गर्दा सबैभन्दा ठूलो समस्या सन्तानमा देखिन सक्छ । यसकारण पनि एउटै गोत्रमा विवाह गर्नु राम्रो मानिदैन । सन्तानको समस्याले गर्दा वैवाहिक जीवनमा द्वन्दात्मक परिस्थिति सिर्जना हुन्छ । हाम्रो संस्कृतिले एक जीवनमा एउटा मात्र विवाह नै सुखी र सन्तुष्टि प्रदायक हुन्छ भन्ने कुरा धेरै अघि नै सिद्ध गरिसकेको छ । यसकारण विवाह गर्नु अघि सँस्कार र गोत्रमा ध्यान पुर्याउनु पर्ने हुन्छ ।

सँस्कार र गोत्र पछि जुराउनु पर्ने अर्को महत्त्वपूर्ण कुरा हो ज्योतिषअनुसारको गुण । यसमा सजिलो तरिका पनि छ जुन कुरा सामान्य व्यक्तिले पनि हेर्न सक्छ पात्रोबाट, बर -बधु मेलापक चक्र । दुई जनाको राशि तथा नक्षत्रअनुसार बरबधु गुण १८ भन्दा कम भएमा विवाह गर्न उचित हुँदैन । गरि हाल्यो भने पनि विभिन्न किसिमका समस्याहरु आउन सक्छन् । २० गुणभन्दा माथि ३० भित्र आएमा उनीहरुको जीवन मध्यम खालको बन्छ । ३० भन्दा माथि आएमा उत्तम जोड़ी बन्न सक्छ ।

यस पछि पनि ज्योतिषीको सल्लाह लिएर दुबै जनाको चिना देखाई गरेमा अझ उत्तम मानिन्छ । पहिलेको तुलनामा अहिले धेरै जनाको सम्बन्ध बिग्रिएको पाईन्छ । कसैले भन्न सक्छन् मन पराएर बिहे गरे भैहाल्छ नि, मन पराएर बिहे गर्दा पनि आंशिक गुणहरु मिल्न सक्छन् तर पुरै ग्यारेन्टी चाहिँ हुँदैन ।

समग्रमा भन्नु पर्दा ज्योतिष हेराएर मागी विवाह गर्नेको भन्दा मन परेर विवाह गरेको जोडीको सम्बन्ध धेरै बिग्रिएको छ, किनकि विवाह गर्नुभन्दा अघि हेराउँदा जोड़ी छुट्ने हो कि भन्ने डर, विवाह गरिसकेपछि टुट्ने हो कि भन्ने पीर । यस कारण विवाह भनेको दुईजनाको सुमधुर सम्बन्धबीचको जीवन भएकाले  चिना हेराएर विचार पुर्याई गर्दा जीवनमा पछुताउनु पर्दैन । यति मात्र होइन कुन समयमा कुन दिशामा विवाह हुन्छ भन्ने कुरा पनि कुन्डलीअनुसार पत्ता लगाउन सकिन्छ ।

कुन्डलीअनुसार पेशा र पढ़ाईमा कस्तो प्रभाव पर्छ ? 

पछिल्लो समयमा धेरै मानिसको अर्को समस्याको विषय बनेको छ – पेशा र अध्ययन । आफूलाई कुन विषय पढ्दा राम्रो हुन्छ र त्यो पढाईअनुसारको पेशा हुन्छ कि हुँदैन भन्ने कुरा कुन्डलीअनुसार पत्ता लगाउन सकिन्छ । आफूले कुन विषय पढ़्ने र कुन पेशामा लाग्दा बढी सन्तुष्टि मिल्छ भन्ने कुरालाई निर्धारण गर्न नसक्दा धेरै मानिस छट्पटाई रहेको पाईन्छ । कसैकसैलाई मात्र कुन्डलीमा पाँचौ, नवौं र दशौं स्थानमा राम्रो र बलियो ग्रह भएमा जुनसुकै क्षेत्रमा लागे पनि सफलता मिल्छ तर यो कुरा सबैमा लागु हुँदैन । किनभने हामीकहाँ एऊटा विषय पढ़ेर त्यसमा सफल नभए पछि अरु विषय रोज्न पुगेका उदाहरणहरु प्रशस्त छन् ।

आफ्नो कुन्डलीमा सबैभन्दा बढि बलियो र भाग्यशाली ग्रह पत्ता लगाई त्यसको आधारमा आफ्नो पेशाको क्षेत्र पहिचान गर्न सकिन्छ र जीवनमा पछुताउनु पनि पर्दैन ।

कुनै व्यक्ति यस्ता हुन्छन् जो आफ्नो रुचिको विषय थाहा हुँदाहुँदै पनि आफ्नो परिवार तथा समाजका कारण अरु नै पढ़ाई तथा पेशा रोज्न बाध्य हुन्छन् । जसले गर्दा उनीहरुमा आफूले गरिरहेको पेशाप्रति वितृष्णा जागृत हुन्छ र सन्तुष्टि प्राप्त गर्न सक्दैनन् ।

राजनीति अर्थात् सामाजिक सेवामा अगाडि बढ्नका लागि कस्तो खालको ग्रहस्थिति आवश्यक हुन्छ ?  

धेरै राम्रो प्रश्न, धेरै मानिसहरुलाई राजनीति तथा समाजसेवा गर्ने इच्छा हुन्छ, तर उनीहरुको चिनामा शुक्र, सूर्य र मंगल केन्द्र (१/४/७/१० स्थान)मा बलियो अवस्थामा छैनन् भने त्यस्ता व्यक्ति जति नै मिहिनेत गरे पनि यो क्षेत्रमा सफल बन्न सक्दैनन् । प्रत्येक व्यक्तिको कुन्डलीबाट  यो कुरा पत्ता लगाउन सकिन्छ ।

व्यापार व्यवसायमा सफलता हासिल गर्नको लागि के कस्तो ग्रहस्थिति आवश्यक पर्दछ ? 

व्यापार तथा व्यवसायमा सफलता हासिल गर्नको लागि केन्द्र वा आय स्थानमा चन्द्रमा  तथा शुक्र बलियो अवस्थामा रहेको हुनु पर्दछ । आफ्नो या शुभ ग्रहको पूर्ण दृष्टि वा स्वगृही भएर रहेको ग्रहलाई बलियो मानिन्छ । कुनै पनि ब्यक्ति को कुन्डलीमा रहेका ग्रहमध्ये सबै भन्दा उच्च र बलियो चन्द्र दशम अर्थात्  एघारौ स्थानमा छ भने त्यस्तो ब्यक्तिलाई ब्यापार ब्यवसायमा अत्त्यन्त लाभदायी हुन्छ ।

यदि तपाई पनि आफ्नो कुण्डल बनाउन अथवा हेराउन चाहेमा अमेरिकामा १- ७०३-८७०-६४८० नम्बरमा कल गर्न सक्नु हुनेछ । नेपालको लागि ९८४७३४४०३१ मा फोन गरी सम्पर्क गर्न सक्नु हुनेछ । ईमेल khanalguru@gmail.com

Error: Contact form not found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.