Loading Events

« All Events

  • This event has passed.

Nepali Festivals Calender 2079

April 13, 2022

Easturn Calender 2079 for USA
This is the Lunar and Solar Calender.

2079 Nepali Festival Calendar for USA and Canada 

 

अमेरिकामा कुन चाडपर्व कुन दिन कति तारिख परेको छ ? भनी थाहा पाउनको लागि यो लिस्ट हेर्नु होला । 

यो लिस्ट अमेरिका तथा क्यानडाको लागि बनाईएका पन्चांगहरु दृक पन्चांग अनलाईन, ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्रद्वारा प्रकाशित  मारुतीनन्दन पन्चांग (पेपर प्रकाशन) र अन्तर्राष्ट्रीय पन्चांग निर्णय समितिद्वारा प्रकाशित दिव्यदृष्टि पन्चांग( पेपर प्रकाशन) लाई आधार मानेर बनाईएको हो । अमेरिकामा चाडपर्व तथा तिथि र नक्षत्रको घडि पला यहाँको अक्षांश र देशान्तरको कारण नेपालभन्दा फरक समयमा हुने भएकोले यसो गरिएको हो । यी बाहेक  अन्य नेपालबाट प्रकाशित क्यालेन्डर तथा पन्चांगहरु नेपलकै स्थानीय समयलाई आधार मानी बनाईएको हुँदा यहाँ मान्य नहुने कुरा प्रसिद्ध ज्योतिषी गुरुहरुको निर्णयबाट  स्पस्ट भएको छ  । यसबारेमा विस्तृत जानकारीको लागि तलको लिंकबाट हेर्न सक्नु हुनेछ , अमेरिकामा जति पनि  मन्दिर र सामाजिक संघ संस्थाहरुमा पनि यिनै पात्रोलाई आधार मानी अगाडि बढिरहनु भएकोले यहाँले पनि यसैलाई अनुशरण गर्नु हुनेछ भन्ने पूर्ण आशा लिएका छौ । यदि हजुरहरुलाई पन्चांग तथा क्यालेन्डरको आवश्यकता परेमा तलका नम्बरहरुमा सम्पर्क गरी वा अनलाईन माध्यमबाट लिन सक्नु हुनेछ । धन्यवाद । 

विश्व अध्यात्म केन्द्र  तथा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, अमेरिका

सम्पर्क : 703-870-6480, 682-313-5380 , 718 -285 -866     USA 

विश्व अध्यात्म केन्द्र  तथा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, अमेरिकाद्वारा आयोजित वि.सं २०७९ मा पर्ने चाडपर्वको जानकारी तथा विवेचना – 

https://www.facebook.com/osvevo/videos/1201169244024825/

2079 Nepali Festival Calendar for USA and Canada 

 

चाडपर्व                    मिति (२०२२-२३) 

१. नयाँ वर्ष        अप्रिल १३ २०२२  बुधबार 

२. श्री राम नवमी ब्रत अप्रिल १० २०२२ रविबार 

३. हनुमान जयन्ती   अप्रिल १६ २०२२ शनिबार 

४. माता तीर्थ औँशी  अप्रिल ३० २०२२ शनिबार

५. अक्षय तृतीया            मे ३ २०२२ मंगलबार 

६. सीता जयन्ती             मे ९ २०२२ सोमबार 

७. नृसिंह जयन्ती             मे १४ २०२२ शनिबार

८. बुद्ध पूर्णिमा, कुर्म जयन्ती   मे १५ २०२२ रविबार  

९. गायत्री जयन्ती               जुन  १० २०२२ शुक्रबार 

१०. ठूली एकादशी(हरिशयनी)  जुलाई  ९ २०२२ शनिबार

११. गुरु पूर्णिमा व्यास जयन्ती जुलाई  १३ २०२२ बुध  

१२. भानु जयन्ती             जुलाई  १३ २०२२ बुधबार 

१२.१ कर्कट संक्रान्ति      जुलाई १७ २०२२ आईतबार 

१३. बराह जयन्ती         जुलाई  ३१ २०२२ आइतबार 

१४. नाग पन्चमी               अगस्त २ २०२२ मंगलबार 

१५. जनै पूर्णिमा – ऋषि तर्पणी अगस्त ११ २०२२ बिहीबार 

१६.  श्रीकृष्णाष्टमी ब्रत        अगस्त १८ २०२२ बिहीबार  

१७. कुशे औँशी पिता दिवस  अगस्त २६ २०२२ शुक्रबार  

१८. मोतीराम जयन्ती       अगस्त २६ २०२२ शुक्रबार 

१९. हरितालिका तीज      अगस्त २९ २०२२ सोमबार 

२०. गणेश चौँथी ब्रत         अगस्त ३० २०२२ मंगलबार 

२१. ऋषिपन्चमी ब्रत         अगस्त  ३१ २०२२ बुधबार

२२. वामन जयन्ती            सेप्टेम्बर ७ २०२२ बुधबार

२३. अनन्त चतुर्दशी          सेप्टेम्बर ८ २०२२ बिहीबार 

२४. पितृपक्ष श्राद्धारम्भ        सेप्टेम्बर १० २०२२ शनिबार  

२५. विश्वकर्मा पूजा           सेप्टेम्बर १७ २०२२ शनिबार  

२६. पितृ विसर्जन ( जमरेऔँशी) सेप्टेम्बर२५ २०२२ आईतबार 

२७. घटस्थापना नव रात्री सुरु   सेप्टेम्बर २६ २०२२ सोमबार 

२८. फूलपाती / महाअष्टमी पूजा अक्टोबर २ २०२२ आईतबार 

२९. महानवमी ब्रत                   अक्टोबर ३ २०२२ सोमबार 

३०.  विजया दशमी देवी विसर्जन अक्टोबर ४ २०२२  मंगलबार

३१. कोजाग्रत पूर्णिमा                              अक्टोबर ८ २०२२ शनिबार 

३२. वाल्मिकि जयन्ती                              अक्टोबर ९ २०२२ रविबार        

३३. धन्न्वन्तरी जयन्ती /काग तिहार             अक्टोबर २२ २०२२ शनिबार  

३४. नरक चतुर्दशी                                  अक्टोबर २३ २०२२ आईतबार 

३५. महालक्ष्मी पूजा (द्यौसी भैलो सुरुआत)     अक्टोबर २४ २०२२ सोमबार 

३६. गोवर्धन पूजा                                    अक्टोबर २५ २०२२ मंगलबार 

३७. भाइटीका                                         अक्टोबर २६ २०२२ बुधबार 

३८. छठपूजा ( सूर्य ब्रत)                           अक्टोबर ३० २०२२ रविबार 

३९. हरिबोधिनी एकादशी (द्यौसी भैलो समापन)  नोभेम्बर ४  २०२२ शुक्रबार

४०. बाला चतुर्दशी  शतबीजरोपण                   नोभेम्बर २२ २०२२ 

४१. विवाह पन्चमी  (जानकी वि.)                   नोभेम्बर २७ २०२२ रविबार  

४२. गीता जयन्ती                                      डिसेम्बर ३ २०२२   शनिबार 

४३. श्री स्वस्थानी ब्रतारम्भ                            जनवरी ६ २०२३    शुक्रबार 

४४. मकर संक्रान्ति ( माघी)                           जनवरी १४ २०२३ शनिबार 

४५. श्री पन्चमी पूजा (सरस्वती)                      जनवरी २५ २०२३ बुधबार 

४६. श्री स्वस्थानी ब्रत समाप्ति                        फेब्रुअरी ५ २०२३ रविबार 

४७. महाशिवरात्री ब्रत                                   फेब्रुअरी १८ २०२३ शनिबार 

४८. होली पूर्णिमा                                        मार्च ६ २०२३ सोमबार मंगलबार 

४९. चैत्राष्टमी भवानी जयन्ती                           मार्च २९ २०२३ बुधबार 

५०. रामनवमी ब्रत                                        मार्च ३० २०२३ बिहीबार 

 

ल्होसार पर्व विवरण 

 

१. तोला ल्होसार  डिसेम्बर २३ २०२२ शुक्रबार 

२. तमु ल्होसार  डिसेम्बर ३० २०२२ शुक्रबार 

३.सोनाम ल्होसार  जनवरी २२ २०२३ आईतबार 

४. ग्याल्पो ल्होसार  फेब्रुअरी २० २०२३ सोमबार 

 

किराँत समुदायको लागि विशेष 

 

 १. उभौँली पर्व  जुलाई १६ २०२२ 

२. फाल्गुनन्द जयन्ती नोभेम्बर १० २०२२ 

३. उँधौँली पर्व   नोभेम्बर १६ २०२२ 

४. आत्मानन्द गुरु जयन्ती डिसेम्बर ३ २०२२ 

 

Details

Date:
April 13, 2022
error: Content is protected !!