डिसी नेपाली समाज, अमेरिकाको जनैपूर्णिमा तथा रक्षाबन्धन धारणको कार्यक्रम भव्यरुपमा सम्पन्न

डिसी नेपाली समाज, अमेरिकाको जनैपूर्णिमा तथा रक्षाबन्धन  धारणको कार्यक्रम भव्यरुपमा सम्पन्न –  August 26, 2018 Sunday डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018, अगस्ट 26 तारिख आईतवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम सफलतापूर्वक सम्पन्न  गरेको छ ।  वाशिंटन डिसीको वरपर बस्ने करिब २५००…

Continue reading

किन मनाउने रक्षाबन्धन तथा जनैपूर्णिमा ? -ज्योतिष शास्त्री राजेन्द्र खनाल, अमेरिका

किन मनाउने रक्षाबन्धन तथा जनैपूर्णिमा ?   -ज्योतिष शास्त्री राजेन्द्र खनाल, अमेरिका अगस्ट 14, 2019 श्रावण शुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पूर्णिमा भनिन्छ । यस दिनलाई हिन्दुहरुको एउटा विशेष चाडका रुपमा लिइन्छ । नेपाल तथा इन्डियाका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात् ऋषितर्पणी भन्ने…

Continue reading

नागपञ्चमी पर्व : महत्व र विशेषता -ज्योतिष /पण्डित राजेन्द्र खनाल

नागपञ्चमी पर्व : महत्व र विशेषता : ज्योतिष पण्डित राजेन्द्र खनाल     हिन्दु धर्ममा लेखिएअनुसार नाग(सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरको आभुषण होस् वा भगवान विष्णुको शय्या होस्,  विभिन्न स्थानमा  नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ । पौराणिक कथनअनुसार नागपञ्चमी पर्व कसरी सुरु भयो ? भन्ने सम्बन्धमा पनि विभिन्न धार्मिक ग्रन्थहरुमा लेखिएका कुराहरुलाई आधार मान्दा राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक(जरत्कारु र मनसादेवी सुपुत्र)ले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धभएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको कुरा धेरै पुराणहरुमा उल्लेख भएको पाइन्छ । त्यस्तै भविष्योत्तर पुराणमा पनि शिव पार्वती संवादमा के भनिएको छ भने कुनै समयमा एक जना किसानको घरमा उसको दुइवटा छोरा र एउटी छोरी थिई । एक दिन त्यस किसानले खेतमा खनजोत गर्दा नागको तीनवटा बच्चा मरेकाले नागदेवता रिसाई किसानको घरमा गई किसानसहित उसको परिवारलाई नै डस्यो तर उसको छोरी छिमेकीको घरमा भएकोले बाँचीन् र भोलिपल्ट किसानको छोरीलाई पनि डस्न भनी जाँदा किसानको छोरीले नाग देवताको पूजा गरी दूध चढाईन्, त्यो देखेपछि नाग देवता प्रसन्न भएर किसानसहित उसको परिवारलाई बचाइ दिएकाले यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको भन्ने पाइन्छ । यसरी नागपञ्चमी पर्वको सुरुआत भएको पाइन्छ । यो पर्व हाम्रो हिन्दु संस्कृतिमा विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । समग्र पाताललाई नै नागलोक भनिएको पाईन्छ । वास्तु तथा घरको पूजा गर्दा पनि नागको पूजा गरिन्छ । नागपञ्चमी पूजा र विधि: प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथि नागपञ्चमी हो ।यो दिन बिहानै उठी, स्नान गरी नागको चित्रमा वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध,दही,घ्यु, दुबो, कुश, फूल,सिन्दुर, चन्दन आदिले नागको पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरमा वा घरको ढोकामा टाँस्नाले नागको तथा चट्याङको भय हुँदैन ।  नागपञ्चमीका दिन यसरी विधि विधानले नागको पूजा गर्दा धनधान्य र सुखसम्मृद्धि प्राप्त हुन्छ र अन्य दैविक, भौतिक र प्राकृतिक आपतविपत र अनिष्टहरू नाश हुनुका साथै “कालसर्प” आदि गरिएको योग पनि नष्ट हुन्छ । प्रार्थना मन्त्र  : “ आस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणि । अनन्तो वासुकी पद्मो महापद्मञ्च तक्षकः । एह्येहि मनसे देवी नागमातर्नमस्तुते । कुलीरः कर्कट शंखश्चाष्टौ नागाः प्रकीर्तिता ।। “ भावार्थ : अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीक, कर्कोटक, शंखचूड, यी आठ नागसहित आस्तिक मुनि, जगत्लाई आनन्द दिने नागमाता मनसादेवीलाई नमस्कार गर्दछु । नोटः अमेरिका तथा…

Continue reading

डिसी नेपाली समाज अमेरिकाको जनै पूर्णिमा २०१८ को निमन्त्रणा

निमन्त्रणा ! निमन्त्रणा !!​​ निमन्त्रणा !!! नमस्कार  !   डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018, अगस्ट 26 तारिख आईतवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएको हुँदा यहाँहरुलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा गर्दछौ।  डिसी नेपाली…

Continue reading

हिन्दू-बुद्ध मन्दिर मेरिल्यान्डमा श्रीमद्भागवत महापुराण July 28-Aug 3

अमेरिकामा हिन्दु धर्म तथा सँस्कार फस्टाउँदै गईरहेको छ, हिन्दु सँस्कार जति परिपूर्ण छ त्यतिनै विज्ञानसम्मत पनि  छ । यसै कारण मन्दिर स्थापनार्थ मेरिल्याण्ड,भर्जिनिया एवम् डिसी क्षेत्रमा बसोवास गरेका नेपालीहरुको सहयोग, सद्भाव र अथक  प्रयासमा हिन्दू-बुद्ध मन्दिर मेरिल्यान्डमा श्रीमद्भागवत महापुराण 2018 भैरहेको छ ।  वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलद्वारा आज मिति २०१८ जुलाई २८…

Continue reading

जप विधि ( Meditation Rule)

जप विधि -Meditation Rule (If you want to see or read this one you are minimum 8 years of age or younger.)  शौचाचार गरिसके पछि स्नान गरेर शुद्ध भई सफा ठाउँमा बसेर जप गर्ने, बस्दा पूर्व तथा उत्तर दिशा फर्कने, जप गर्दा मन पनि शुद्ध हुनु पर्छ, मनलाई शुद्ध गर्न ६…

Continue reading

DC, Virginia and Maryland Hindu Temple List

Temples List in DC, Maryland and Virginia (DMV) Temple Address Contact No. Siva Vishnu Temple of Lanham MD 6905 cipriano Road, Lanham, MD 20706 301-552-3335 Mangala Mandir of Silverspring 1120 Fairland Road, Silverspring, Md 20904 301-384-6980 Hindu Temple of Metropolitan MD 10001 Riggs Road, Adelphi, MD 20783 (301) 434-1000 Hindu…

Continue reading

अच्युताष्टकम् : अच्युतं केशवं …

 Aarati अच्युताष्टकम् : अच्युतं केशवं रामना………… Achyutashtakam : Acyutam Keshavam Ramanayanam अच्युतं केशवं रामनारायणं कृष्णदामोदरं वासुदेवं हरिम् । श्रीधरं माधवं गोपिकावल्लभं जानकीनायकं रामचंद्रं भजे ॥ Acyutam Keshavam Raama-Naaraayannam Krssnna-Daamodaram Vaasudevam Harim | Shrii-Dharam Maadhavam Gopikaa-Vallabham Jaanakii-Naayakam Raamacamdram Bhaje || अच्युतं केशवं सत्यभामाधवं माधवं श्रीधरं राधिकाराधितम् । इन्दिरामन्दिरं चेतसा सुन्दरं देवकीनन्दनं…

Continue reading

धर्म, सँस्कार र पूजामा के फरक छ ?

                           धर्म, सँस्कार र पूजामा के फरक छ ?         ज्योतिष / पण्डित : राजेन्द्र खनाल   समयको गतिसँगै अहिले धेरै मानिसहरु तन्त्र, मन्त्र, जप, ध्यान, पूजा पाठमा भन्दा बढी यन्त्रमा जोड दिइरहेका छन् । जसलाई हामी यान्त्रिक पद्धतिको अनुशरण भन्न सक्छौँ । यन्त्रले मानिसलाई सुविधासम्पन्न बनाउन…

Continue reading

भर्जिनियामा विद्यार्थीहरुका लागि समर कक्षाहरु सन्चालन

सूचना ! सूचना ! सूचना !   भर्जिनियामा समर कक्षाहरु सन्चालन  अमेरिकाको डिसी, मेरिल्यान्ड, भर्जिनिया वरपर रहनु हुने सम्पूर्ण आदरणीय नेपाली जनसमुदाय ! “बालबालिकाहरु नै भविष्यका कर्णधार हुन् “भन्ने उद्देश्यअनुरुप उनीहरुलाई अतिरिक्त थप क्रियाकलापको लागि नेपालीहरुद्वारा नै सन्चालित दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षित समर कक्षाहरुमा नृत्य कक्षा, गीतार कक्षा, पियानो कक्षा, मादल तथा…

Continue reading