अमेरिकामा “जयतु संस्कृतम् “ सँस्थाको शाखा स्थापना

अमेरिकामा “जयतु संस्कृतम् “ संस्था स्थापना

अमेरिकामा जयतु संस्कृतम् संस्थाकाे शाखा स्थापना
डिसेम्बर २८, २०१८
जयतु संस्कृतम् नेपालका अध्यक्ष डा. बद्री पाखरेलको उपस्थितिमा जयतु संस्कृतम् अमेरिका गठन गरिएको छ । जसको संयोजक चूड़ामणि पाठक भएका छन् भने उपसंयोजकमा पिपलमणि सिग्देल रहेका छन् ।
डिसेम्बर २५, २६, २७ र २८ तारिखमा सम्पन्न टेलीकन्फ्रेन्स बैठकबाट जयतु संस्कृतम् अमेरिका गठन गरिएको कुरा नवगठित संस्थाका उपसंयोजक पीपलमणि सिग्देलले जानकारी दिए। एचसीसी अनलाइनसँग जानकारी दिंदै उपसंयोजक सिग्देलले यो संस्कृत अध्ययन गर्न चाहने जिज्ञासु तथा संस्कृत भाषा- वांमयकाे ज्ञान भएका व्यक्तिहरु सदस्य रहने संस्था भएको बताए । संस्कृतभाषामा रहेकाे अथाह ज्ञानकाे प्रचार गर्नु संस्थाकाे उद्देश्य रहेकाे समेत सिग्देलले जानकारी दिए ।
निम्नानुसार “जयतु संस्कृतम्” अमेरिका शाखामा व्यक्तित्वहरु रहेका छन् ।सबै पदाधिकारीहरु अमेरिकाको विभिन्न स्टेटमा बसोवास गरिरहेका संस्कृतविज्ञ हुन् ।
श्री चूडामणि पाठक – संयाेजक(क्यालिफाेर्निया)
श्री पीपलमणि सिग्देल – उप संयाेजक( न्यूयार्क)
श्री श्रीहरि कंडेल – सचिव (न्यूजर्सी )
श्री राजेन्द्र खनाल – सह-सचिव(भर्जिनिया /डीसी)
श्री डिल्लीराम उपाध्याय – काेषाध्यक्ष (न्यूजर्सी )
श्री पद्मप्रसाद नेपाल -सदस्य (क्यालिफाेर्निया )
श्री तुलसीराम कंडेल – सदस्य( टेक्सास )
श्री गाेकुल सापकाेटा – सदस्य ( न्यूयाेर्क )
श्री बद्री सापकाेटा – सदस्य ( इन्डियाना )
श्री पदम ढकाल – सदस्य (केन्टकी )
श्री अनन्त आचार्य – सदस्य( नर्थ क्याराेलिना )
श्री देवीराम पराजुली- सदस्य (क्यालिफाेर्निया)
श्री शिवहरि भट्ट – सदस्य( एरिजाेना )
श्री ध्रुवराज दाहाल – सदस्य (क्यालिफाेर्निया)
श्री राजु काेइराला – सदस्य(टेक्सास )
श्री खिलराज पण्डित – सदस्य( भर्जिनिया )
श्री रवीन्द्र ढकाल – सदस्य (क्यालिफाेर्निया )

२००४ सालमा संस्कृत छात्रावासमा बस्ने विद्यार्थीहरुले शिक्षामा सुधारकाे माग गर्दै सुरु गरेकाे जयतु संस्कृतम् आन्दाेलन नेपाली राजनीतिकाे परिवर्तनकारी आधारभूमिकाे रुपमा समेत स्थापित भयाे । यही आन्दाेलनकाे स्मरणमा २०५४ सालमा बृहद् समाराेह आयाेजना गरी २०५५ सालदेखि जयतु संस्कृतम् संस्था नेपालमा कार्यरत रहेकाे छ । यस संस्थाले नेपालमा संस्कृत कवि गाेष्ठी, संस्कृतकाे ग्रन्थ प्रकाशन, संस्कृत पुरस्कार वितरण, प्रभातफेरी, हाजिरी जवाफ, संस्कृत संभाषण शिविर, तथा उत्तरमहाभारत ग्रन्थ रचना आदि कार्य गरिरहेकाे जानकारी समेत उपसंयाेजक सिग्देलले दिए ।अस्तु ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.