धर्मविवाहद्वारा संयुक्त बनेका पतिपत्नीको कहिल्यै पनि विच्छेद हुँदैन भन्ने सनातन शास्त्रको मान्यता छ । बिहेमा दुलाहा पक्षलाई कतिखेर दुलही लिएर घर जाऊँ भन्ने हतार हुन्छ । यसैगरी दुलहीका बाबुआमा घरमा बोलाइएका पाहुनालाई सत्कार गर्ने ध्याउन्नमा हुन्छन् । बिहे गर्ने युवायुवतीलाई झन् कर्मकाण्डका गहन पक्षको वास्ता हुने कुरै भएन । त्यसैले बिहेमा गर्नुपर्ने कर्महरू देखावटी हुन पुगेका छन् ।
विवाहको महत्व
विवाहमा आउने वेदका मन्त्रहरू कति मार्मिक छन् भन्ने कुरा कसैले विचार गरेका हुँदैनन् । भोजभतेरलाई महत्त्व दिई कर्मकाण्डको गहन पक्षलाई बेवास्ता गरिन्छ । ती मन्त्रहरूले विवाह र पतिपत्नीको सम्बन्धलाई उजागर गरेको पक्षमा कसैको पनि ध्यान जाँदैन ।
वैदिक शास्त्रले धर्मविवाह कहिल्यै विच्छेद हुन नसक्ने बताएको छ । अग्नि र ब्राह्मणलाई साक्षी राखी वेदका मन्त्रहरूको माध्यमबाट एकअर्काको प्राण, हाड, मासु छाला एकीकृत हुने प्रक्रिया कहिल्यै बिच्छेद हुन सक्दैन भन्ने मान्यता हो । आपस्तम्ब धर्मसूत्रका अनुसार पति र पत्नीको कहिल्यै विच्छेद हुन सक्दैन ।
धर्मविवाह (पाणिग्रहण) बाट उनीहरूको सबै काम, कर्मको फल, धनको स्वामित्त्वमा समान सहभागिता वा अधिकार हुन्छ । विवाहअन्तर्गतको चतुर्थी कर्म गर्दा ‘प्राणैस् ते प्राणान् सन्दधाम्यस्थिभिरस्थीनि मांसैर्मांसानि त्वचा त्वचम् ।’ भन्ने मन्त्र दुलाहालाई पढाइन्छ । यसको भावार्थ हो– हे दुलही, मेरा प्राणका साथ तिम्रो प्राण, हाडहरूसित हाड, मेरो मासुसित तिम्रो मासु मेरा छालासित तिम्रो छाला मिलाउँछु ।’ यस शरीरका प्रत्येक अंगसँग प्रत्येक अंगको एकीकरण भएर पनि कसरी विच्छेद हुन सक्छ र ?
विवाहअन्तर्गतको पाणिग्रहण (दाहिने हातको बुढी औँला सामात्ने प्रक्रिया) गर्दा पढिने ऋग्वेद संहिताको मन्त्र ‘गृभ्णामि ते सौभागत्वाय हस्तं मया पत्या जरदष्टिर्यथाऽसः । भगोऽर्यमा सविता पुरन्धिर्मह्यं त्वाऽदुर्गार्हपत्याय देवाः ।’ को भाव यस्तो छ– हे कुमारी ! सौभाग्यका लागि म तिम्रो हात समाउँछु । पतिका रूपमा मलाई स्वीकार गरेर जीवन रहुञ्जेल साथै देऊ । देवताहरू (भग, अर्यमा, सविता र पुषा) ले तिमीलाई गृहस्थधर्म पालन गर्न मलाई दिएका हुन् ।
यसैगरी लाजा होम्दै गर्दा प्रयोग हुने मन्त्र ‘इयं नार्युपब्रूते लाजानावपन्तिका । आयुष्मानस्तु मे पतिरेधन्तां ज्ञायतो मम स्वाहा ।’ ले यी नारी अग्निमा लाबा होम्दै पतिको नजिकै बसेर बल्छिन्– मेरा पति आयुष्मान् होउन्, मेरा इष्टमित्रहरू बढून् । यो हवि अग्निलाई समर्पण गर्दछु ।
अहमोऽस्मि सा त्वं सा त्वमस्यमोऽहम् । सामाऽहमस्मि ऋक् त्वं द्यौरहं पृथिवी त्वम् ।। तावेहि विवहावहै सह रेतो दधावहै । प्रजां प्रजनयावहै पुत्रान् विन्द्यावहै बहून् । ते सन्तु जरदष्टयः । संम्प्रियौ रोचिष्णू सुमनस्यमानौ । पश्येम शरदः शतं जीवेम शरदः शतं शृणुयामः शरदः शतम् ।।’ (पारस्करगृह्यसूत्र )
अर्थात् म प्राण तिमी वाणी हौ. म साम हु तिमी ऋक् हो म द्युलोक( आकाश) हुँ तिमी पृथिवी हौ । आऊ हामी विवाह गरौं । संयुक्त भएर गर्भाधारण गरौं । सन्तान प्राप्ति गरौं । ती दीर्घायु रहुन् । हामी पतिपत्नी आपसमा अनुरक्त भएर दीप्तियुक्त भएर सय वर्षसम्म बाँचौ र बाँचुञ्जेल मिलेर रहौँ ।
सृष्टिको प्रारम्भमा प्रजापति (ब्रह्माजी) ले आफ्नो शरीर चिरेर आधा भाग पुरुष भएको आधा भागले पत्नी भएको वेदमा उल्लेख छ । जब पुरुषले स्त्री र स्त्रीले पुरुष प्राप्त गर्दछन् अनिमात्र एकअर्का परिपूर्ण हुन्छन् भन्ने भनाइ छ । त्यसैकारण बिनाकारण एकअर्काले अतिक्रमण गर्नुहुँदैन । पतिपत्नी एकअर्काप्रति समर्पित हुनुपर्छ भन्ने वैदिक शास्त्रहरूको सन्देश छ ।
पतिर्जायां प्रविशति गर्भोभूत्वा स मातरम् । तस्यां पुनर्नवो भूत्वा दशमे मासि जायते । तज्जाया जाया भवति यदस्यां जायते पुनः । अर्थात् गर्भको रूप लिएर पति माता रूप लिएकी पत्नीमा प्रवेश गर्दछ र दश महिनामा नयाँ स्वरूप लिएर जन्मन्छ । पति फेरि पत्नीबाट जन्मने हुनाले पत्नीलाई (संस्कृत भाषामा) जाया भनिएको हो ।
विवाहको प्रमुख काम मध्ये वरले वधूको हृदय (छाती) स्पर्श गर्दै पढ्ने एउटा मन्त्र छ– ‘ममव्रते ते हृदयं दधामि मम चित्तमनु चित्तं तेऽअस्तु । मम वाचमेकमना जुषस्व प्रजापतिष्ट्वा नियुनक्तु मह्यम् ।।’ अर्थात् हे वधू, मेरा व्रतमा तिम्रो हृदयलाई स्थापित गराउँछु, मेरो चित्तको पछिपछि तिम्रो चित्त लागोस् । प्रजापतिले तिमीलाई धर्मपूर्वक जीवन निर्वाह गर्न एकै मनले मेरो वाचनमा नियुक्त गरुन् । यसलाई विवाह धर्म प्रतिज्ञा पनि भनिन्छ । यसपछि सिन्धुरको विधि गरिन्छ ।
सनातन शास्त्रको मान्यताअनुसार पतिले पत्नी वा पत्नीले पति सहजै पाउँदैनन् । ‘देवदत्तां पतिर्भार्यां विन्दते नेच्छयाऽऽत्मनः । तां साध्वीं बिभृयान् नित्यं देवानां प्रियमाचरान्।’, मनुस्मृतिका अनुसार पतिले आफ्नो इच्छाले पत्नी पाउँदैन । देवताले दिएर मात्र पत्नी पाउने हो । त्यसैले पतिले देवतालाई प्रिय लाग्ने आचरण गर्दै पत्नीलाई (पत्नीले पतिलाई पनि) खुशी राख्नुपर्छ ।
पतिव्रता, साध्वी र धर्मशीला विवाहिता पत्नीलाई जसले हेला गर्छ, त्याग गर्छ वा हत्या गर्छ भने त्यो घोर नरकमा पर्छ भन्ने शास्त्रीय वचन छ । सनातन हिन्दू धर्ममा यसरी पतपत्नीको सम्बन्धलाई उजागर गर्ने र सुमधुर राख्ने प्रशस्त प्रसङ्ग आउँछन् ।
हाम्रो संस्कारको गहन पक्षलाई भुल्दै विकृत संस्कृति अँगाल्नु बुद्धिमानी होइन । बाबुआमाहरूले आफूले यस्ता कुरा बुझी आफ्ना छोराछोरीलाई समेत ज्ञान दिनुपर्छ । विवाहजस्तो पवित्र र गहन सम्बन्धलाई हल्काफुल्का रूपमा लिने र लुगा बदलेझैं लोग्नेस्वास्नी बदल्ने पश्चिमा चलनले उनीहरूलाई नै दुःख दिइरहेको छ । यस्तो विकृतिलाई संस्कृति मानेर अनुशरण गर्ने प्रवृत्तिलाई हाम्रो समाजमा पूर्ण रूपमा निरुत्साहित गर्नुपर्छ ।
अब लागौँ सनातन वैदिक विवाहमा गरिने मुख्य कर्महरु के के हुन् ? भन्ने तर्फ अर्थात् यसलाई विवाहमा के के गरिन्छ लगन पत्रिका भनेको के हो ? अर्थात् विवाहको समय तालिका कस्तो हुन्छ ?
‘
Error: Contact form not found.
I. Am taxas. I. Am. Single. I have. No 10 000. I. Want. Married. I. Am. 50. I. Am. Us resent