२०८१ सालमा किन नराम्रा घटनाहरु घटिरहेका छन् विश्वभर ?
अमेरिकालगायत विभिन्न देशमा यो वर्ष नराम्रा तथा भययुक्त समाचार र नकारात्मकघटनाहरु, घरेलु झगडा, मृत्यु तथा हत्या र आत्महत्याका घटनाहरु बारम्बार दोहोरी रहेका छन् । त्यस्तै बाहन दुर्घटना, बायुयान दुर्घटना, सार्वजनिक यातायातका साधनहरु दुर्घटना, बाढी र पहिरो तथा हावाहुरीका कारण पनि मानिसको जीवन अस्तव्यस्त हुने देखिन्छ । जघन्य अपराधका घटनाहरु पनि हुन सक्ने देखिन्छ ।
यस्तो किन हुन्छ ? यस्तो किन भईरहेको छ ?
यो वर्ष मंगल राजा तथा शनिश्चर मन्त्री भई ब्रह्माण्डमा राज गरेको छ, साथै कालयुक्त नामक संवत्सर पनि यो वर्ष नै छ । यस्तो अवस्थामा मानिसलाई बढी मात्रमा तामसिक गुणयुक्त खानेकुराहरु( मांसजन्य पदार्थ तथा लागु पदार्थ) खान मन लाग्ने, मानसिक तनाव बढ्ने, शारीरिक आलश्यता हुने, नकारात्मक सोंचाई आउने, धर्मकर्ममा अरुचि हुने जस्ता लक्षणहरु देखा पर्छन् जब शरीरमा तामसी गुणको प्रभाव बढेर जान्छ । विस्तारै विस्तारै आफ्ना धर्म सॅस्कारहरु छोड्दै जान थाल्ने र नित्य कर्म छोड्दै जाने, पूजा श्राद्धादि कर्म छोड्दै जाने, मनोरन्जनमा मात्र बढी ध्यान जाने, कोही कसैलाई भेट्दा पनि आदर सत्कार नगर्ने, ढोगभेट नगर्ने ईत्यादि जस्ता क्रियाकलापहरु बढ्न थाल्छन् । भगवानका नाममा ब्रत उपवास नगर्ने , आलश्य पना बढ्ने, डिप्रेसनको सिकार हुन सक्ने, मन स्थिर नहुने, धेरै कुरा एकैपटक गर्न मन लाग्ने आदि हुन सक्छन् ।
समाधानको उपाय
समाधानका मार्गहरु धेरै छन् –
सत्संगत तथा मन्दिर दर्शन तीर्थ यात्रा तथा ध्यान र पूजाआजाको कर्महरु गर्न सकिन्छ । जब जब मनमा नकारात्मक कुराहरु आउन थाल्छन् त्यसको उपचार अस्पताल गएर पाईदैन । त्यसको लागि कि त भगवानको शरणमा पुग्नु पर्छ, कि त भगवानको सान्निध्यमा पुर्याउन सक्ने गुरुहरु तथा योगीहरुको सत्संगतबाट प्राप्त हुन सक्छ । भगवानका कथा, प्रवचन श्रवण आदिबाट पनि समाधान गर्न सकिन्छ ।
क्रमश…