एैतिहासिक कोटी होम महायज्ञ भव्यरुपमा सम्पन्न

श्रावण ३२ २०८१ / Aug 16/2024

काठमाडौँ- पशुपति कोटीहोम महायज्ञ श्रावण १ गतेदेखि सुरु भई आज ३२ गते एैतिहासिक रुपमा सम्पन्न भएको छ ।
साउन महिनाभर सञ्चालन हुने कोटीहोम महायज्ञको मंगलबार एक कार्यक्रमकाबीचमा उद्घाटन गरिएको थियो । साथमा श्री शिवमहापुराण र १०८  श्रीमद्भागवतको कथा प्रवचनसहित सुरु भएको थियो ।

कोटीहोम महायज्ञको पहिलो दिन ठूलो संख्यामा भक्तजन देखिएका थिए । पहिलो दिन करिब पाँच हजार बढी भक्तजनको सहभागिता रहेको कोटीहोम आयोजक समितिले जनाएको छ । मानवसेवा फाउण्डेसनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका संकल्पकर्ता विजय कृष्णमूर्ति महाराजको अध्यक्षतामा  सुरु भएको कोटीहोम महायज्ञ उद्घाटनमा पशुपति मन्दिरका प्रमुख राहुल गणेश भट्टको प्रमुख आतिथ्यता भएको थियो।

सांसद शेरबहादुर कुँवर, ज्ञानबहादुर शाही, पशुपति विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापा, किरात धर्मगुरु डा चन्द्रकुमार शर्मालगायत लामा गुरु, बौद्ध धर्म गुरुलगायतको सहभागिता रहेको थियो । उद्घाटनको दिनबाट सुप्रसिद्ध कथावाचिका राधिका दासीले शिवमहापुराण र देवी प्रतिभाले श्रीमद्भागवतको कथा शुभारम्भ गर्नु भएको थियो । दैनिक विहान ८ बजेदेखि २ बजेसम्म कथावाचिका दासी र दिउँसो २ बजे देखि ७ बजेसम्म देवी प्रतिभाले कथा प्रवचन गर्नुभएको थियो भने ११ औं दिन पछि वाचन प्रवीण दीनबन्धु पोखरेल, चैतन्य कृष्ण, चन्द्रकला सॅाखी, डा कान्ता भट्टराई, आचार्य कृष्ण परियार, ओमप्रकाश सुवेदीलगायतका विद्वान गुरुहरुको आगमनले कोटीहोमलाई अझ रोचक र रमणीय बनाउनुका साथै संसारभरि चर्चा बटुलेको कुरा अहिले सामाजिक सन्जालहरुमा पनि  छर्लंग छ ।

त्यसका साथै अति रुद्री पाठ( १००८ आवृत्ति पाठ), १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ र अन्त्यमा २५ गतेदेखि राष्ट्रिय भजन प्रतियोगिता भएको थियो ।

अन्तिम दिन भएको जुन किसिमको तान्डब नृत्य सामाजिक सन्जालमा आयो त्यसले भने अलिकति खिन्नता भयो र कतै पैसा कमाउने चलखेलमा मात्र यो भएको त थिएन भनी धेरैको मनमा प्रश्नहरु  छाए तर जे सुकै भए पनि यो समयमा यति ठूलो र १ महिना लामो यज्ञ सफल पार्नु नेपालको ईतिहासमा पहिलो हो । पाठक बर्गले पनि आफूलाई लागेको कुरा कमेन्टमार्फत जनाउनु होला । धन्यवाद ।

 

Error: Contact form not found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.