गुरुहरुले खोले विवाहको लागि नयाँ साईट, वर तथा वधु खोज्न सजिलो हुने

अमेरिका २५ नोभेम्बर –
बिदेशी भुमिबाट फेरिदै विवाहको नयाँ आधुनिक सँस्कार आउँदै 
                          www.Merojivansathi.com
संसारभर छरिएका नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन ,सुखमय दाम्पत्य जीवन, ज्योतिषी परामर्श, वास्तु परामर्श तथा बिभिन्न धार्मिक अनुष्ठानका लागि हिन्दु सॅास्कृतिक केन्द्र संस्था २०१२ मा  स्थापना भएको छ । ‘धार्मिक अनुष्ठानसँगै जीवनको महत्वपूर्ण विषय भनेको विवाह हो । यो सफल भएमा मात्र जीवन र जगत सफल हुने विश्वास गरिन्छ । विशेषगरी बिदेशमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, जात, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर, बधुको मिलनका लागि यो संस्थाले www.Merojivansathi.com नामक संस्थाको आधिकारिक वेवसाईट खोलेर उदघाटन गरेको छ । विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा पनि लामो फड्को मारेकाले विकासको गतिसँगै दौडिरहेको मानव जीवनलाई सहज र सरल रुपमा संसारको जुन कुनावाट पनि उपयुक्त वरबधु प्राप्त गरेर सुखमय जीवनयापन गरून् भनेर हामीले यो मिलन बिन्दु मेरोजीवनसाथीको धेरै लामो समय को खोज आनुसन्धानपछि मात्र हामी एस छेत्र का आनुभवी र दक्ष साथीहरुबाट सामजमा केही परिवर्तन ल्याउनका लागि Merojivansathi.com आएको कुरा संस्थाका संयोजक राजेन्द्र खनालले  बताए । अमेरिका, अस्ट्रेलिया, नेपाल, बेलायत, क्यानडा र जापानमा अहिलेका लागि संस्थाको बिधिवत कार्यालयहरु रहनेछन् । यी संस्थाले सम्बन्धित मुलुकको कानुनी प्रकृयाभित्र रहेर यसलाई अगाडि बढाउनेछन् ।  नयॅावर्ष महोत्सवकोक्रममा भब्य रुपमा शुभारम्भ भए पनि यसले भने २०२४ को जनवरी एकदेखि आफ्नो काम प्रारम्भ गर्दै आएको छ । यो संस्थाको उद्देस्यबारे प्रष्ट पार्दै खनालले अगाडि भने, हामीले  ‘विवाहका रुपमा बिदेश ल्याउने वा भिसा लगाउनका लागि यो काम गर्न लागेको होईन,  विवाह गर्न चाहने बरबधुलाई उपयुक्त प्लेटफर्मको निर्माण मात्र गरिदिने हो।’ संस्थाको विशेष कामका लागि यसका ज्ञाता पण्डितहरुलाई समेत जिम्मेबारी सुम्पिएका छौं ।  उनले बताए। विवाह र यस सम्वन्धित सबै विषयका परामर्शका लागि खनालको संयोजकत्वमा एउटा टिम रहेको छ भने ज्योतिषी परामर्शका लागि ज्योतिषविद मेघराज निरौला र  वास्तुसम्वन्धी बिषयमा मधु शर्माको संयोजकत्वमा २१ जना दक्ष पण्डितहरु रहने छन् । जस अनुसार अष्ट्रेलियाबाट संयोजक प्रकाश ढोडारी छन् भने सदस्यका रुपमा अमेरिकाको न्युयोर्कमा पण्डित उद्धब शास्त्री, पण्डित पिपलमणि सिग्देल, मेरिल्यान्डबाट शिव देवकोटा, भर्जिनिया र वासिङ्गटन डिसीमा पण्डित राजेन्द्र खनाल, डिल्लीराम अधिकारी, कृष्णप्रसाद खनाल,  टेक्सासबाट पण्डित मेघराज निरौला र क्यालिफोर्निया बाट पं . बासुदेव घिमिरे, चक्रपाणि अर्याल रहेका छन् । यस्तै नेपालबाट धार्मिक अभियन्ता तथा ज्योतिषाचार्य लक्ष्मण पन्थी, बेलायतवाट पण्डित दुर्गाप्रसाद पोखरेल र क्यानडाबाट पं.जगदिश गैरे,  जापानवाट पण्डित भगिरथ सापकोटा क्रियाशील रहनेछन् भने आगामी दिनहरुमा बाँकी अन्य देशहरुमा पनि अभियानलाई बिस्तार गर्ने तयारी भईरहेको बताईएको छ ।विवाहसम्बन्धी सबै चॅाजोपाजो ( व्यवस्थापन) गर्नका लागि अमेरिका तथा नेपालमा यस केन्द्रको मुख्य कार्यालय रहनेछ भने अन्य देशहरुमा शाखा कार्यालयहरु रहनेछन् । यस सॅस्थाको बारेमा थप जानकारीका लागि यी नम्बरहरुमा सम्पर्क गरी बुझ्न सक्नु हुनेछ । 7038706480 or 8045647610. Or email hinduculturecenter@gmail.com or info@hinduculturecenter.com.
अमेरिकामा विवाहसम्बन्धी सम्पूर्ण कार्यका लागि All wedding planning services Match Bride+Groom, Priest, Panche Baja, Dress, worship items, Marriage certificate by priest,  Decorations, Photography, videography, catering service etc 703-870-6480 or 8045647610

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.