मेरोजीवनसाथीडटकम ( MEROJIVANSATHI.COM ) किन र कसका लागि ?

विशेषगरी विदेशी मुलुकमा पनि आफ्नो सामाजिक, धार्मिक, आर्थिक र सांस्कृतिक परिवेश सुहाउँदो उपयुक्त भेषभुषा, सँस्कार, वर्ण र शैक्षिक योग्यता अनुरूपको वर- बधुको मिलनका लागि हिन्दु सॅास्कृतिक केन्द्रले www.Merojivansathi. com नामक आधिकारिक वेबसाईट मार्फत् यो सेवा सुरु गरेको छ । विज्ञान र प्रविधिले सामाजिक क्षेत्रमा निकै लामो यात्रा सुरु गरिसकेको छ, यसको विकाशको गतिसँगै दौडिरहेको मानव जीवनलाई सहज र सरल रुपमा संसारको जुनसुकै कुनाबाट पनि उपयुक्त वरबधु प्राप्त गरेर सुखमय जीवनयापन गरून् भन्ने उद्देश्यले हामीले यो मिलन बिन्दु मेरोजीवनसाथीडटकम को सुरुआत गरेका छौँ । निकै लामो समयको खोज र अनुसन्धानपछि मात्र हामी यस क्षेत्र का अनुभवी र दक्ष साथीभाई र गुरुहरुवाट नेपाली समाजका लागि नेपाली बरबधु नै उपयुक्त हुने र उनीहरुको जीवन धेरै लामोसमयसम्म टिक्न सक्ने कुरा अनुसन्धानबाट खुलेको छ । हामी संसारको जुनसुकै कुनामा बसे पनि अहिलेको आधुनिक ईन्टरनेटको माध्यमले संसारलाई नजिक बनाईरहेको अवस्थामा यो वैवाहिक सेवा Merojivansathi.com मार्फत् आएको कुरा जानकारी गराउँछौँ । अमेरिकालगायत संसारभर छरिएर रहेका नेपाली समाज र सनातनी परम्पराको जर्गेना गर्नुका साथै जीवनयापनका क्रममा आइपर्ने धार्मिक अनुष्ठानलाई सहज र सरल बनाउन, सुखमय दाम्पत्य जीवन बनाउन, ज्योतिषीय परामर्श, वास्तु परामर्श तथा बिभिन्न धार्मिक अनुष्ठानका लागि गुरु पुरोहितहरु उपलब्ध गराउने सँस्था हिन्दु सॅास्कृतिक केन्द्र २०१२ मा अमेरिकाको भर्जिनियामा स्थापना भएको हो । यसले सनातनीय सँस्कारअन्तरगत कर्मकाण्डमा रुची राख्ने पण्डित तथा गुरु पुरोहितको व्यवस्थापन गर्ने, पूजाआजाको कामलाई व्यवस्थित गरिदिने, मण्डप निर्माण ( Stage Decoration) को कामलाई व्यवसायिक पेशेवरहरुसँग संयोजन गराईदिने, व्यवसायिक पेशेबर भिडियोग्राफी तथा फोटोग्राफीहरुसँग संयोजन गरिदिने, पन्चेबाजालगायत विवाह, ब्रतबन्ध आदिमा चाहिने सरसामग्रीहरुको बन्दोबस्त गरिदिनेदेखि उपयुक्त बर-बधु खोज्नका लागि मध्यस्थ कर्ताको भूमिकामा सेवा गर्ने अठोट लिएको छ ।
यदि तपाई विवाह गर्ने सोँचमा हुनु हुन्छ वा तपाई आफ्नो छोरा छोरी साथीभाई आदिको लागि बरबधु सुहाउँदो विवाह होस् भन्ने सोँचमा हुनुहुन्छ भने अ्ब तपाईको ईच्छा पूरा हुनेछ ।
जीवनको महत्वपूर्ण सँस्कार भनेको विवाह हो । यो सफल भएमा मात्र गृहस्थ जीवन सफल हुने विश्वास गरिन्छ । अमेरिका, नेपाल, बेलायत, क्यानडा र जापान र अन्य देशहरुमा पनि यसका शाखाहरु विस्तार गरिने योजना रहेको छ । बिवाह गर्न चाहने बरबधुलाई उपयुक्त प्लेटफर्मको निर्माण गरिदिएका छौं ।
संस्थाको निर्देशनमा रही यो कामका लागि पनि आवेदन भर्न सकिनेछ । धर्म सँसकृतिका ज्ञाता गुरुहरुले समेत यसमा राम्रो जिम्मेबारी बहन गर्न सक्नु हुनेछ । विवाह र यससॅग सम्वन्धित सबै विषयका ज्ञाताहरुसँग जोडिई यो सेवालाई उच्च गुणस्तरीय बनाई विश्वका नेपालीहरु माझ पुर्याईने छ । यसबाट सहजरुपमा आफूलाई सुहाउँदो बरबधु सहज तरिकाले खोज्न सकिनेछ ।
Error: Contact form not found.
के के सुबिधाहरु रहेका छन् यसभित्र ? क्रमश…