How to find marriage age according to Kundali?
- by Astrologer Raj USA
June 14-2024 Friday
Marriage is an important part of a person’s life. Generally, in our Vedic religion, the age of marriage is considered to be after 25 years, but in astrology, it can be a little earlier or a little later. Nowadays, many people come to astrology only when they have problems in their marriage, but if they take advise and counseling before marriage, their will be no any problems. Therefore, many things are considered in our society before marriage. In order to get married, the first thing you need to do is get married. If the rites do not match, the conflict starts from there. Some people get married in a culture different from their own, but they accept it not because of their inner desire, but because of a compelling situation. Therefore, if the rites are arranged, many things can be arranged. Along with rites, another important thing to look at is the gotra. An important purpose of marriage is to produce children. When marrying in the same gotra, the biggest problem can be seen in children. That is why it is not considered good to marry in the same gotra. Due to the problem of children, conflict situation is created in married life. Our culture has long established that only one marriage in a lifetime is the source of happiness and satisfaction. Therefore, before getting married, it is necessary to pay attention to the rites and the gotra. After rites and gotra, another important thing to do is the astrological qualities. There is also an easy way that even a common man can see from the calendar, Bar-Badhu Melapak Chakra. Or Astakut Guna( 36 Internal habits). According to the horoscope and constellation of two people, if the Barbadhu guna is less than 18, it is not appropriate to marry. Even if it is done, various problems may arise. If they come within 30 of the 20 qualities, their life becomes moderate. If it comes above 30 then it can become a perfect couple. Even after this, it is considered better if you take the astrologer’s advice and show the identity of both of them. Compared to before, many people’s relationships are now broken. Some may say that it is possible to get married by choice, but even by marrying by choice, partial qualities can be found, but it is not a complete guarantee.
Generally speaking, the relationship of couples who get married by no looking at astrology is much worse than those who get married by looking at astrology because of the fear that the couple will break up after getting married. Arranged marriage vs Love marriage,
For this reason, marriage is a life between two people in a harmonious relationship. Not only this, but at what time, date, color and in which direction to get the marriage will take place can also be find out according to the horoscope. For example, during the Mahadasha or Antardasha of the owner of the seventh house, that person is considered to have married, i.e. Lagan has come. This time period is a little longer in Mahadasha of the planet, while in Antardasha its time is shorter. If the owner of the seventh house is an auspicious planet and its mahadasha or antardasha can be married, then marriage is considered best and marriage proposals will also come during this time. I want to get married myself.
If you want to more consult about this need to require 3 things. If you don’t have your Kundali with you, you need to your exact Date of birth, Time of birth and Place of birth. Please can meet the Astrologer Raj with this number 01 – 703-870-6480 USA or khanalguru@gmail.com Thanks.
In Nepali Language Translate
कुण्डलीअनुसार वैवाहिक उमेर कसरी पत्ता लगाउने ?
मानिसको जीवनमा आईपर्ने एउटा धेरै नै महत्वपूर्ण पाटो हो विवाह । सामान्यतया हाम्रो धर्मशास्रमा विवाह गर्ने उमेर २५ वर्ष पुगेपछि मानिन्छ तर ज्योतिषमा भने यो कुरा अलि अघि पनि हुन सक्छ अलि पछाडि पनि । धेरै व्यक्तिहरु आजकल आफ्नो वैवाहिक सम्बन्धको समस्यामा परेपछि मात्र ज्योतिष हेराऊन आउँछन् तर विवाह गर्नु अघि नै यससम्बन्धी सल्लाह र परामर्श लिएर गर्ने हो भने समस्या नै नआउन सक्छ । त्यसकारण हाम्रो समाजमा विवाह हुनुभन्दा अघि नै धेरै कुराको विचार गरिन्छ । विवाह गर्नका लागि सबैभन्दा पहिला त सँस्कार नै मिल्नु पर्दछ । सँस्कार मिलेन भने त्यहीबाटै द्वन्द सुरु हुन थाल्छ । कसैकसैले मात्र आफ्नो भन्दा फरक सँस्कारमा गएर पनि विवाह गर्छन् तर त्यो भित्रैदेखिको इच्छा नभई बाध्यात्मक परिस्थितिको कारणले स्वीकार गर्न पुग्छन् । त्यसकारण सँस्कार मिल्यो भने धेरै कुरा मिल्न सक्छ । विचार पनि मिल्न सक्छ ।
सँस्कारसँगै अर्को हेर्नु पर्ने महत्वपूर्ण कुरा हो गोत्र । विवाह गर्नुको एउटा महत्वपूर्ण उद्देश्य हुन्छ सन्तान उत्पादन गर्नु । एउटै गोत्रमा विवाह गर्दा सबैभन्दा ठूलो समस्या सन्तानमा देखिन सक्छ । यसकारण पनि एउटै गोत्रमा विवाह गर्नु राम्रो मानिदैंन । सन्तानको समस्याले गर्दा वैवाहिक जीवनमा द्वन्दात्मक परिस्थिति सिर्जना हुन्छ । हाम्रो संस्कृतिले एक जीवनमा एउटा मात्र विवाह नै सुखी र सन्तुष्टि प्रदायक हुन्छ भन्ने कुरा धेरै अघि नै सिद्ध गरिसकेको छ । यसकारण विवाह गर्नु अघि सँस्कार र गोत्रमा ध्यान पुर्याउनु पर्ने हुन्छ ।
सँस्कार र गोत्र पछि जुराउनु पर्ने अर्को महत्त्वपूर्ण कुरा हो ज्योतिषअनुसारको गुण । यसमा सजिलो तरिका पनि छ जुन कुरा सामान्य व्यक्तिले पनि हेर्न सक्छ पात्रोबाट, बर -बधु मेलापक चक्र अर्थात् अष्टकुट गुण (३६)। दुई जनाको राशि तथा नक्षत्रअनुसार बरबधु गुण १८ भन्दा कम भएमा विवाह गर्न उचित हुँदैन । गरि हाल्यो भने पनि विभिन्न किसिमका समस्याहरु आउन सक्छन् । २० गुणभन्दा माथि ३० भित्र आएमा उनीहरुको जीवन मध्यम खालको बन्छ । ३० भन्दा माथि आएमा उत्तम जोड़ी बन्न सक्छ ।
यस पछि पनि ज्योतिषीको सल्लाह लिएर दुबै जनाको चिना देखाई गरेमा अझ उत्तम मानिन्छ । पहिलेको तुलनामा अहिले धेरै जनाको सम्बन्ध बिग्रिएको पाईन्छ । कसैले भन्न सक्छन् मन पराएर बिहे गरे भैहाल्छ नि, मन पराएर बिहे गर्दा पनि आंशिक गुणहरु मिल्न सक्छन् तर पुरै ग्यारेन्टी चाहिँ हुँदैन ।
समग्रमा भन्नु पर्दा ज्योतिष हेराएर मागी विवाह गर्नेको भन्दा मन परेर विवाह गरेको जोडीको सम्बन्ध धेरै बिग्रिएको छ, किनकि विवाह गर्नुभन्दा अघि हेराउँदा जोड़ी छुट्ने हो कि भन्ने डर, विवाह गरिसकेपछि टुट्ने हो कि भन्ने पीर । यस कारण विवाह भनेको दुईजनाको सुमधुर सम्बन्धबीचको जीवन भएकाले चिना हेराएर विचार पुर्याई गर्दा जीवनमा पछुताउनु पर्दैन । यति मात्र होइन कुन समयमा, कुन मितिमा, कुन दिशामा र कस्तो व्यक्तिसॅग विवाह हुन्छ भन्ने कुरा पनि कुन्डलीअनुसार पत्ता लगाउन सकिन्छ ।
जस्तो सप्तम भावको मालिकको महादशा वा अन्तर्दशा चलिरहेको समयमा त्यो व्यक्तिको विवाह जुरेको अर्थात् लगन आएको मानिन्छ । ग्रहको महादशामा यो समयावधि अलि लामो हुन्छ भने अन्तर्दशामा यसको समय छोटो हुन्छ । सप्तमको मालिक शुभ ग्रह भएमा र यसको महादशा वा अन्तर्दशा विवाह गर्न सकेमा विवाहको साईत उत्तम मानिन्छ र यो समयमा वैवाहिक प्रस्तावहरु पनि आउने हुन्छन् । स्वयंलाई पनि विवाह गर्न मन लाग्छ ।
यदि तपाई यसबारे थप परामर्श लिन चाहनु हुन्छ भने तपाईसॅग तीन चीज हुनु पर्नेछ । यदि तपाईसॅग तपाईको कुण्डली छैन भने पनि तपाईको सही जन्ममिति, जन्मसमय र जन्मस्थान आवश्यक पर्दछ । कृपया यो नम्बर ०१ ७०३-८७०-६४८० अमेरिका मा ज्योतिषी राजलाई भेट्न सक्नु हुनेछ ।ईमेलः khanalguru@gmail.com.
धन्यवाद ।