नामकरण नामकर्म सॅस्कार ( न्वारान ) –
नामकरण सॅस्कार सनातन सॅस्कारको पॅाचौ सॅस्कार हो । सन्तान जन्मिएको एघारौं दिनमा नमकरण सॅस्कार गरिन्छ । १० रातसम्म जन्मसूतक हुनेभएकाले सूतक सिद्दिएपछि ११ औ दिनमा न्वारान गर्ने गरिएको हो । जन्मलग्न, जन्मनक्षत्र, जन्ममास तथा ईष्टदेवता र कुलदेवता आदिलाई उद्देश्य राखी वैदिक विधिपूर्वक अग्निस्थापना विधिले हवन गरी नक्षत्र नाम, मास नाम र कुल वर्णअनुसारको अभिधेय नाम राख्ने चलन छ । पिता वा पितामहले घरमा ब्राह्मण बोलाई विधिपूर्वक वर्णानुक्रमअनुसार ब्राह्मणको एघारौ दिनमा, क्षत्रीयको सोह्रौं दिनमा, वैश्यको बीसौं दिनमा र शूद्रको बाईसौ दिनमा नाम कर्म गर्नु पर्ने कुरा उल्लेख भए पनि प्रायः सबै जातिमा सामाजिक समन्वय भावले एघारौं दिन नै न्वारान गर्ने गरेको पाईन्छ । नाम कस्तो राख्नु पर्छ भन्ने सन्दर्भमा सकेसम्म बिजोर अक्षरको वालिकाको र जोर अक्षरको बालकको नाम राख्ने गरिन्छ । नाम जुराउॅदा सकेसम्म भगवानको नाम राख्ने गरिन्छ किनकि अजामिलजस्तो पापी पनि मरणान्तको समयमा छोराकै नाम जप्दा पनि ऊ स्वर्ग जान सफल भएको कथा उल्लेख भएकाले ३ वटा नाममध्ये कुनै एक नाम त्यस्तो खालको राखिने गरिन्छ । वैदिक मन्त्रहरुद्वारा आत्मालाई अमृतत्व प्रदान गर्दै सन्तानको दीर्घजीवनको अपेक्षाका साथै प्रार्थना गरिन्छ । नामकरण सॅस्कार गर्नाले शिशुको आयु र तेज वृद्धि हुनाको साथै सॅान्सारिक व्यवहारको सिद्दि हुन्छ । नामकरणको आवश्यकता र त्यसको महत्वलाई वृहस्पतिले यसरी व्याख्या गर्नु भएको छ –
नामखिलस्य व्यवहारहेतुः शुभावहं कर्मसु भाग्यहेतु । नाम्नैव कीर्तिं लभते मनुष्य स्तत प्रशस्तं खलु नामकर्म ॥
अर्थात् – नाम नै सम्पूर्ण व्यवहारको कारण हो, शुभकर्ममा तथा भाग्यमा पनि नाम नै कारण हुन्छ, नामबाट नै मानिसको कीर्ति फैलन्छ ।
यसकारण पनि नामकरण सॅस्कारको महत्व अति नै रहेको छ ।
Error: Contact form not found.