डिसी नेपाली समाज,अमेरिकाले निशुल्क जमरा वितरण सहित दशैँको कार्यक्रम गर्ने !

डिसी नेपाली समाज,अमेरिकाले  निशुल्क जमरा वितरण सहित दशैँको कार्यक्रम गर्ने  !
डिसी नेपाली समाज, अमेरिकाले बिगतका बर्षहरुमा आयोजना गरेका कार्यक्रमको अपार सफलता तथा यहाँहरुको उच्च मुल्याङ्कन एबम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै यस बर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७५ को अबसरमा यही October 10 तारिख, बुधबार वैदिक विधिपूर्वक घटस्थापन गरी १९ तारिख शुक्रबार दशमीको दिन नवदुर्गाको (विजया दशमी ) पूजापछि निशुल्क जमरा बितरणका साथै ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा आशिर्वचनसहित टीका तथा जमरा ग्रहण गर्नका लागि उपस्थित भैदिनु हुन हार्दिक निमन्त्रणा गर्दछौ । यो दशैँको नवदुर्गा अवधिभर प्रत्येक दिन विहान ७-९ सम्म पूजा आराधना तथा सप्तशती पाठ हुनेछ भने सप्तमीको दिन बेलुका फूलपाती भित्र्याउने कार्यक्रम छ । अष्टमीको दिन बिहान पूजा तथा साँझ मालसिरी भजन किर्तनको कार्यक्रम समेत रखिएको हुँदा उक्त दिनहरुमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछौँ । अक्टोबर १८ तारिख नवमीको दिन विहान नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिने भएकोले सम्पूर्ण श्रदालु महानुभावहरुलाई यी सबै दिनहरुमा दुर्गा भवानीको दर्शनका लागि अनुरोध गर्दछौँ ।
नोट : आदरणीय मित्रजन तथा बुवाआमा, दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा !
 ठुलो ट्रे (थाली)मा छुट्टै जमरा राख्नको लागि October 9 तारिखसम्म संपर्क गर्नु होला ।धन्यवाद ।
कार्यक्रम समय तालिका
अक्टोबर 10 तारिख घटस्थापनाको दिन बुधबार नबदुर्गा पूजा आरम्भ बिहान ७ बजेदेखि ९ बजेसम्म
अक्टोबर 16 2018 मंगलवार फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ५.३० बजे देखि ७ बजेसम्म
अक्टोबर 17 2018 बुधबार महाअष्टमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:००देखि ०९:००बजेसम्म
अक्टोबर 18, 2018 बुधबार महानवमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:००देखि ०९:००बजेसम्म
अक्टोबर 19 2018 शुक्रबार बिजया दशमीको टीका तथा जमरा बितरण बिहान 7 बजेदेखि 11 बजेसम्म
पूजा, भजन, जमरा वितरण तथा टीका कार्यक्रम स्थल : 14102 Wood Rock Way, Centreville, VA, 20121
थप जानकारीका लागि संपर्क
१. अरुण रूपाखेती – ‭(703) 909-7123
२. राजेन्द्र खनाल 703-870-6480
३. ददिराम ढुग़ाना – ‭(571) 438-5499
डीसी नेपाली समाज परिवार

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.