डिसी नेपाली समाज,अमेरिकाले सार्वजनिक ‘तीजको पूजा’ सम्पन्न गर्यो

डिसी नेपाली समाज,अमेरिकाले  सार्वजनिक ‘तीजको पूजा’ सम्पन्न गर्यो ।
Sep 12 2018
हिन्दु महिलाहरुले मनाउने चाड हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दै डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018 September 12  तारिख हरितालिकाको दिन तीजको ब्रतको पूजा आयोजना  गरी दुई समुहमा तीजको पूजा सम्पन्न गर्यो । विगतका वर्षहरुमा जस्तै अहिले पनि यस सँस्थाका  अध्यक्ष अरुण रुपाखेतीको घरमा व्यवस्थित तरिकाले सम्पन्न उक्त तीज पूजा यस क्षेत्रका प्रसिद्द  ज्योतिष पन्डित राजेन्द्र खनालले वैदिक विधिपूर्वक  गराउनु भयो ।अघिल्ला वर्षहरुको तुलनामा यो वर्ष धेरै जनाको सहभागिता  हुनुका साथै आजको बातावरण पनि सफ़ा रहन गई हर्षोल्लास पूर्वक  सम्पन्न भयो । त्यस्तै गरी  अमेरिकाका विभिन्न भूभागमा, गुरु तुल्सी कँडेलद्वारा टेक्सासको शक्तिकेन्द्र डालसमा,  भर्जिनियाको हरन्डनमा र  मनाससमा गुरु डिल्लीराम अधिकारीद्वारा, मेरिल्यान्डको नेपाली मन्दिरमा गुरु श्रीधर ज्ञवालीद्वारा र टेक्सासको नेपाली मन्दिरमा  पनि तीजको पूजाहरु भव्यरुपमा  सम्पन्न भएको पाईयो ।
अमेरिकामा विदाको दिन नपर्दा पनि आफ्नो विदा लिई-लिई यस्ता महत्वपूर्ण  कार्य गर्नु भनेको अाफू तथा आफ्नो परिवारको लागि अत्यन्त पूण्यदायक हो भने जागीरमा भने निकै जोखिम मोल्नु पर्ने हुन्छ, सानोतिनो जागीर हो भने त जागीर नै नरहन पनि सक्ने डर हुन्छ। विरामी विदा बाहेक सामन्यतया अरु विदा पाऊन धेरै कठिन हुन्छ अमेरिकामा । यति महत्वपूर्ण समयका बाबजुद पनि आफ्नो विदा लिई पूजा गर्नु, त्यसमा पनि निलाहार ब्रत बस्नु भनेको सामान्य होईन यहाँको लागि तर पनि चाहना हुनु पर्छ भगवानले सबथोक पूरा गरी दिन्छन् भने जस्तै कुनै समस्याबिना सबथोक गर्न भ्याईन्छ, यो एऊटा ईश्वरीय शक्ति (उर्जा) पनि हो ।  अमेरिकामा रहेका अधिकांश  नेपाली महिलाले निलाहार (पानी पनि नखाई) ब्रत बस्ने र गुरु बोलाई विधिपूर्वक पूजा गर्ने चलन बढ्दो छ तर नेपालमा रहनेहरुका लागि  भने सुन्दा अचम्म पनि लाग्न सक्छ किनकि अहिले नेपालमा धर्म परिवर्तन तथा अधार्मिक कुराहरुको प्रचार बढी भईराखेको छ । यस्तै तरिकाले यहाँ हाम्रो धर्म र सँस्कारलाई बचावट गर्ने क्रममा विभिन्न संघ सँस्थाहरु, मन्दिरहरु पनि अगाडि सरेको पाईन्छ । तर “save our culture “ भन्ने मूल नारालाई नै अँगाली अगाडि बढिरहेको सँस्था डिसी नेपाली समाज भने अरु भन्दा अलि भिन्न प्रकृतिको रहेको छ ।
सन् २०१० मा स्थापित यस सँस्थाले अमेरिकाको पूर्वीय भूभाग वासिंटन डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर बस्नु हुने तथा यस क्षेत्रमा रहनु हुने सबै आमाबुबा दाजुभाइ, दिदीबहिनीहरुलगायत सम्पूर्णलाई निमन्त्रणा गरी जनै पूर्णिमा कार्यक्रम पनि भव्यरुपमा मनाउँदै आईरहेको छ भने अन्य चाडपर्व दशैं, तिहार ब्रत, विवाह, घरपूजा आदिमा मन्डप निर्माण, पूजाआजा आदि कार्यहरु पनि गर्दै आईरहेको छ  । यस सँस्थाले आँट गरेमा अब यस क्षेत्रमा मन्दिर निर्माणदेखि अरु पनि थप धार्मिक तथा साँस्कृतिक कृत्यहरु पनि गर्न सक्छ भन्ने जन विश्वास उत्तिकै बढिरहेको पाईन्छ ।
जानकारी : भर्जिनियामा हिन्दु कल्चरल सेन्टरद्वारा यही सेप्टेम्बर १४  तारिख ऋिषिपन्चमी पूजा गर्न लागिएको  हुँदा यो पूजा गर्न ईच्छुक महिलाहरुले समय र स्थानको  बारेमा जानकारी पाउनको लागि यस नम्बरमा सम्पर्क गर्नु होला । फ़ोन : 703-870-6480
Note: If you are Living in the USA but you couldn’t find the professional priest for your any kind of Religious/ traditional  pooja in your area, can call us at 703-870-6480 or info@hinduculturecenter.com,or check WWW.HINDUCULTURECENTER.COM  we will provide right and fully trained Professional Nepali/Hindu priest in USA all states. Thanks.

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.