अमेरिकामा यस वर्षको जनै पूर्णिमा यही अगस्त 7 तारिख नै गर्नु पर्ने ज्योतिषी गुरुहरुद्वारा निर्णय

अमेरिकामा यस वर्षको जनै पूर्णिमा तथा रक्षाबन्धन ज्योतिषी गुरुहरुद्वारा यही अगस्त 7 तारिख नै मनाउने निर्णय गरिएको छ। तर नेपालमा भने नेपालको समयानुसार यसपटकको जनै पूर्णिमा चन्द्र ग्रहण परेकोले नागपञ्चमीकै दिन जुलाई २८ तारिख नै गर्ने निर्णय भएको छ ।   अमेरिकामा भने त्यो दिन ग्रहण नलाग्ने भएकाले अगस्त 7 तारिख नै रक्षाबन्धन तथा जनै पूर्णिमा मनाउने निर्णय गरिएको हो ।
अगस्त ७ को चन्द्र ग्रहण एशियाको केही भूभागहरुमा मात्र देखिने भएकाले अमेरिकामा यो ग्रहण बार्नु नपर्ने कुरामा नेपाल तथा अमेरिकामा रहेका ज्योतिषी गुरुहरुको मत एक भएको छ ।
जसमध्ये अमेरिकाबाटै निकालिएको पन्चांग मारुतीनन्दनका प्रमुख ज्योतिषी पद्मलाल ढकाल, पुरोहित तथा ज्योतिष शास्त्री राजेन्द्र खनाल, ज्योतिषी डां . लक्ष्मीनारायण ढकाल, ज्योतिषाचार्य डिल्लीराम उपाध्याय, पुरोहित तथा  ज्योतिष शेखर पन्डित, पन्डित मोतिलाल शर्मा रिजाल, पंडित श्रीधर ज्ञवाली, पंडित लक्ष्मण भन्डारी, पंडित तुल्सीराम कँडेल, पन्डित रघुनाथ अर्याल, आचार्य पन्डित पिपलमणि सिग्देल, पंडित मतिराज भूसाललगायत नेपालबाट सूर्य पन्चांग प्रकाशक सूर्यप्रसाद ढुंगेल, चैतन्य कृष्ण लगायत अरु पनि धेरै गुरुहरुले  देखिने ठाँउमा मात्र ग्रहणको सूतक बार्नु पर्ने अन्यथा ग्रहण बार्नु नपर्ने कुरामा आफ्नो मत राख्नु भएकोले अगस्त ७ तारिख नै गर्ने निर्णय गरिएको हो ।
डिसी नेपाली समाज, अमेरिकाको आयोजनामा बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही अगस्ट ७ तारिख 2017  सोमबार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएको हुँदा यहाँहरु सबैलाई उक्त दिनमा जनै धारण तथा रक्षाबन्धनक़ा लागि हार्दिक निमन्त्रणा ।
अमेरिकाको पूर्वीय भूभाग डिसी, भर्जिनिया, मेरिल्यान्ड वरपर  बस्नु हुने तथा यस् क्षेत्रमा आउनु हुने सबै आमाबुबा दाजुभाइ, दिदीबहिनीहरु लगायत सम्पूर्ण भक्तजन हरुलाई सदा झैँ डिसी नेपाली समाज, अमेरिकाले निमन्त्रणा गरेको कुरा यसै सूचनामार्फत जानकारी गराउँछौ ।
धन्यवाद । डिसी नेपाली समाज, अमेरिका

नोट: जनैपूर्णिमाको दिन क्वाँटी खाने परम्पराको निरन्तरता दिन क्वाँटी तथा प्रसादको पनि व्यबस्था गरिएको छ ।

Address : 14102 Wood Rock Way, Centreville VA, 20121

Date : August 7, 2017 Monday
Time : 7:00 AM To 7:00 PM

विस्तृत जानकारीको लागि

सम्पर्क :

अरुण रुपाखेती (703) 909-7123

ददिराम ढुंगाना 571-438-5499
ज्यो. पं. राजेन्द्र खनाल703-870-6480
कमल पोख्रेल (571) 242-5280
सुशील थापा (703) 220-8315
मोहन ढुंगाना (571) 285-7809
विष्णु श्रेष्ठ (703) 909-7068
गीता ढुंगेल (703) 209-1533
कृष्ण चापागाई (703) 505-2429
मधु अर्याल (703) 994-2566
राम मिश्र (703) 507-6349
हरिकृष्ण पुडासैनी (571) 215-2422
पुनम केसी (703) 909-2534

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.