दशैँ तिहार २०२२/ २०७९ को साईत तथा तिथिमिति अमेरिका र क्यानडाको लागि

दशैँ तथा तिहार २०२२/ २०७९ को साईत तथा तिथिमिति अमेरिका र क्यानडाको लागि

बडादशैँको हार्दिक शुभकामना ।
दशैँको टीकाको साइत नेपालमा ११:५१ बजे, कुन देशमा कुन दिन, कति बजे ? हेर्नुहोस् –

यस वर्षको दशैँको टीकाको साइत नेपालका लागि असौज १९ गते ११:५१ बजे जुरेको छ। नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले टीकाको साइत जुराएको हो।

नेपाल पञ्चांग निर्णायक विकास समितिको भदौ ३१ गते बसेको बैठक र अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिको असौज ५ गते बसेको बैठकले टीकाको साइत र समयतालिका निकालेका हुन्। अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले कुन देशमा कति बजे टीका लगाउने भन्नेबारे शुभसाइत र समय निकालेको छ। नेपालमा भने असोज १९ गते ११:५१ बजे टीकाको उत्तम साइत जुरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।
कुन देशमा कति बजे टीका लगाउने
अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिका सदस्यसचिव लक्ष्मण पन्थीसँगको कुराकानीका आधारमा अमेरिका, क्यानडा, पोर्चुगल, बेलायत, फ्रान्स, ओस्लो, स्विट्जरल्यान्ड र क्यानडामा अक्टोबर ४ तारिखमा टीकाको शुभसाइत जुरेको छ।

अमेरिकाको न्युयोर्कमा अक्टोबर ४ तारिख ११:११ बजे, वाशिंटन डिसी, भर्जिनिया, मेरिल्याण्ड वरपर ११:२५ बजे, केन्टुकी ११:५५ बजे, टेक्सास ११:३५ बजे र क्यालिफोर्निया ११:३५ बजे सोही दिन अक्टोबर ४ तारिख दशैँको टीकाको शुभसाइत जुरेको छ । त्यसै गरी सोही दिन अक्टोबर ४ तारिख ११:३९ बजे क्यानडाको टोरेन्टोमा बस्नेले दशैँको टीका लगाउनको लागि उत्तम साइत जुरेको छ।
तलको विज्ञप्तिमा प्राय धेरै वटा देश तथा ठाउँको शुभसाईत हेर्न सक्नु हुनेछ । धन्यवाद

 

 

When Bada Dashai in USA ?

October 4, 2022

घटस्थापना, जमरा राख्ने, नवरात्रि, वडादशैंसुरु   Ghatasthapana 

     सेप्टेम्बर २६, २०२२ सोमवार 

२८, फूलपाती / महाअष्टमी पूजा अक्टोबर २, २०२२ आईतवार  Phulpati Mahashtami vrata

२९, महानवमी व्रत : अक्टोबर ३ २०२२ सोमवार  Maha Manavami Vrata

 

३० विजया दशमी, देवी विसर्जन, दशैंको टीका    Bijaya Dashami Dashai Teeka 

       अक्टोबर , २०२२ मंगलवार

October 4, 2022

३१ कोजाग्रत पूणिमा व्रत   अक्टोबर ८, २०२२ शनिवार  Kojagrata Purnima

Dashai End

When Tihar In USA ?

३३ यम पन्चक प्रारम्भ, धन्वन्तरी जयन्ती /काग तिहार  Yama panchak start Dhanwantari Jayanti Kag Tihar

      अक्टोबर २२, २०२२ शनिवार

३४, नरक चतुर्दशी, कुकुर तिहार अक्टोबर २३ २०२२ आईतवार     Narak Chaturdashi Kukur Tihar

३५, लक्ष्मी पूजा द्यौसी भैलो सुरुआत अक्टोबर २४, २०२२ सोमवार   Laxmi Pooja

३६, गाई पूजा, गोवर्धन पूजा अक्टोबर २५, २०२२ मंगलवार   Gai pooja Gobardhan pooja

३७, यम द्वितीया, भाइटीका    अक्टोबर २६, २०२२ बुधवार  yama Dwitiya VaiTeeka 

३८, छठपूजा सूर्य व्रत    अक्टोबर ३०, २०२२ रविवार   Chhtha Pooja 

….

Note : We can publish the time also ASAP, please wait and see more.

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.