डिसी नेपाली समाज, अमेरिकाको जनैपूर्णिमा तथा रक्षाबन्धन धारणको कार्यक्रम भव्यरुपमा सम्पन्न

डिसी नेपाली समाज, अमेरिकाको जनैपूर्णिमा तथा रक्षाबन्धन  धारणको कार्यक्रम भव्यरुपमा सम्पन्न – 

August 26, 2018 Sunday

डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि यही 2018, अगस्ट 26 तारिख आईतवार जनैपूर्णिमाको दिन जनै तथा रक्षाबन्धन पूजन एबम् धारणको कार्यक्रम सफलतापूर्वक सम्पन्न  गरेको छ । 

वाशिंटन डिसीको वरपर बस्ने करिब २५०० जना भक्तजनको उपस्थिति सहित यो वर्षको जनै पूर्णिमा तथा रक्षाबन्धन कार्यक्रम भव्यरुपमा सम्पन्न भयो

प्रमुख गुरु राजेन्द्र खनालको साथमा अरु थप तीन जना गुरुहरु पं खिलराज पन्डित, पं डिल्लीराम अधिकारी तथा पं होमनाथ चापागाईको सक्रियताको साथै आयोजक कमिटी कार्यकर्ता, स्वयंसेवकहरुको सक्रिय सहभागितामा उक्त कार्यक्रम सफल भयो ।

यस कार्यक्रममा क्वाँटी खाने परम्पराको निरन्तरता दिन सम्पूर्ण भक्तजनका लागि क्वाँटी तथा हलुवा आदि प्रसादको व्यबस्था गरिएको थियो ।

हिन्दुधर्म,सँस्कृति,परम्परा र चाड पर्वहरुको संरक्षण, संवर्द्धन एवं निरन्तरताको लागि डिसी नेपाली समाजले बिगत १ दशकदेखि निरन्तरता दिदैं आएको छ ।
विहान ३ बजेदेखि नै वैदिक  विधिअनुसार जनै तथा रक्षाबन्धन पूजन एवं धारणको कार्यक्रमको लागि गरिएको ब्यवस्थापन तथा समाहित धार्मिक जनसहभागिताको भिडलाइ अवलोकन गर्दा अमेरिकामा रहेर पनि हिन्दु (नेपाली) समाज एकैसाथ भेट भएर कार्यक्रममा भाग लिन पाउँदाको छण नेपालकै पशुपति क्षेत्रलाई स्मरण गर्न सकिएको कुरा भक्तजनहरुले व्यक्त गरे ।
भविष्यमा यस किसिमको धार्मिक, साँस्कृतिक कार्यक्रमको निरन्तरता तथा प्रवर्धन गर्नको लागि धान्न सकिने स्थान र स्थायी श्रोत (मन्दिर तथा सामुदायिक भवन) ब्यवस्थापन गर्न हामी सबैले समयमा नै सोच्नु पर्ने कुराको महसुस भएको छ र यो सँस्थाले धार्मिक तथा साँस्कृतिक क्षेत्रमा निकै ठूलो योगदान पुर्याउन सक्छ भन्ने कुराको विश्वास गर्न सकिन्छ ।

Centreville VA 20121

Call : 703-870-6480

Email: DCNEPALISAMAJ@GMAIL.COM

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.