अमेरिकन आइडलको उपविजेता बने नेपाली मूलका दिबेश पोखरेल Arthur Gunn

अमेरिकन आइडल जस्तो संसारकै ठुलो कार्यक्रममा दोश्रो स्थान लिन सफल भएकोमा हार्दिक बधाई छ दिवेश पोखरेललाई ।

मे १७, २०२० को साँझ भएको १८औं संस्करणको विश्व विख्यात सांगीतिक रियालिटी गायन प्रतियोगिता (अमेरिकन आईडल प्रतियोगिता)मा पहिलो पटक ईतिहास रच्दै नेपाली मूलका दिबेश पोखरेल Arthur Gunn ले आफ्नो र नेपालको  नाम सुनौलो अक्षरमा लेखाउन सफल भएका छन् ।

अत्यन्तै प्रतिस्पर्धात्मक उक्त प्रतियोगितामा Just SAM ले प्रतियोगिताको प्रथम उपाधी जितेर बिजेता बनेकी छन् भने नेपाली मूलका युवा अर्थर गन/ दिवेश पोखरेलले दोश्रो स्थान प्राप्त गरी उपबिजेता बने । उनी अमेरिकाको केन्सास राज्यमा बस्दै यो प्रतियोगितामा भाग लिएका थिए ।

७ जना अन्तिम प्रतिस्पर्धी मध्ये दुई जना तुरुन्तै बाहिरिएका थिए भने दिबेश पोखरेल(अर्थर गन) ५ औ स्थानमा सजिलै आएका थिए । अन्तिम शो मा उनी दोश्रो स्थानमा रहन सफल भए ।

दिवेश पोखरेलले संसारभरका करोडौं आफ्ना शुभचिन्तकहरुको मन जितेर नेपाल र नेपालीहरुको गरिमा बढाउनुका साथै गरिमामय ईतिहास रचेर नेपाली संगीत प्रेमीहरुका लागि  बिजेता नै बन्न सफल रहेका छन् । अर्थरको यस साहसिक यात्राले नेपालका अब आउने दोश्रो पुस्ताका हजारौं संगीतकर्मीहरुलाई बाटो खोलिदिएका छन् । आर्थरको भविश्यका सुनौला सांगीतिक यात्राहरुले शिखर चुम्न सफल रहुन् ! लाखौंलाख शुभकामना ! उनलाई यो शिखर सम्म भोट दिएर पुर्याउने सम्पूर्ण नेपाली मनहरुलाई धन्यवाद !

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.