वैदिक संस्कारभित्रको क्वारेन्टाइन भनेको के हाे ? – भुवन गुरू

मार्च २५, २०२०

मानिस जन्मेपछी मृत्यु पर्यन्त सम्मका संस्कार हुन्छन् । आखिर किन ती संस्कारको स्थापना गरिएको रहेछ ? के त्यसभित्र बिज्ञान छ त ? आज विश्व समुदायले पूर्वीय दर्शनका खातिर सोध्ने प्रश्न यही हो !

यसको उत्तर कति जनालाई दिने, आखिर प्रत्येक जनालाई बताएर सम्भव पनि त छैन आखिर प्रकृतिले नै दिएको छ यसको उत्तर किन गर्न पर्दो रहेछ र गरिँदै आइएको रहेछ, भन्न खोजेको यति मात्रै हो कि हामी चेतनशील प्राणी थोरै वाक्यांशले पनि धेरै कुरा बुझ्न सकिने सामर्थ्य हामीमा छ ।

हाम्रा गाउँ समाजमा अझै पनि कोही व्यक्तिको मृत्यु भयो भने त्यसलाई शव भन्छौं शवलाई धेरैसमय घरमा राख्न हुन्न भन्दै छिटोछिटो घाटमा लैजाने गर्छौं त्यहाँ विभिन्न समूह बनाएर शव बोक्छौँ, चितामा लगेर आफन्तद्वारा दागबत्ती दिन्छौं, लाशलाइ राम्रोसँग जलाएर खरानी बनाईसकेपछि बाँकी रहेको शेषलाई गङ्गामा बगाएर स्नान गरी फर्कन्छौ । कृयापुत्रीलाई अलग्ग राख्छौं १३ दिनसम्म क्वारेन्टाइन ( अर्थात् ) कसैलाई छुवाछूत गर्दैनौं, आफैं पकाएर खान्छौँ आखिर सुक्ष्म विश्लेषण गर्दा त यी सम्पूर्ण कर्म संस्कार त बिज्ञानसम्मत त रहेछन् नि ।

शव धेरै बेर घरमा राख्दा सड्न सक्छ, त्यसबाट बेक्टेरियाहरु सक्रिय हुन पाउँछन, अन्यमा संक्रमण हुन सक्छ त्यति मात्रै होइन त्यतिकै मिल्काउँदा अर्थात् माटोमा गाडिदिँदा हावाको माध्यमबाट थप जिवाणु संक्रमण भै मानव सभ्यतामा नकारात्मक प्रभाव पार्न सक्छ भनेर जलाइने रहेछ । शवको प्रायः बेक्टेरिया मुखको द्वारमा सकृय हुने भएकाले त्यसलाई मार्न मुखमै दागबत्ती दिने संस्कार रहेछ, आगोले केही जलेर केही बाँचेका जिवाणुहरु दागबत्ती दिने सम्बन्धित व्यक्तिको शरीरमा रहने भएकाले तिनीहरुलाई अत्यन्तै संवेदनशील र बिधिवत ढंगले १३ दिनसम्म क्वारेन्टाइन ( एकान्त कुनामा ) राखिँदो रहेछ किनभने उसबाट दोश्रोमा संक्रमण नहोस् भनेर त्यसको अवधि १२ दिन सम्म रहने र १३ दिनमा नस्ट हुने भएकोले १३ दिनसम्म कृया बसिने प्रचलन रहेछ । त्यसभित्र घरमा लुगाहरु धुने, लिपपोत गर्ने, सफा पवित्र रहने यी सम्पुर्ण कृयाकर्म यस्तै खालको महामारी भोग्न नपरोस् भन्नका लागि रहेछ ।

बच्चा जन्मेदेखी गरिने जीतकर्म, छैटौं दिनको छैटी कर्म, न्वारान, छेवर(चूड़ा),  ब्रतबन्ध जस्ता संस्कारहरु पनि बिज्ञान सम्मत रहेछन् भन्ने विषय आज संसार सामु यस कोरोना भाइरसले छर्लङ्ग पारेको छ  । हामी अरुको संस्कृतिमा होइन आफ्नै संस्कृतिमा रमाऔं अङ्गिकार गरौं अरुलाइ पनि यसका बैज्ञानिक पक्षहरु बुझाऔं, यसले नेपाल नेपालीको स्वाभिमानलाई उच्च तुल्याउन मद्दत गर्छ साथै म ईश्वरसित प्रार्थना गर्छु- ‘यो महा विपत्ति शिघ्र साम्य होस ! सर्वे भवन्तु सुखिन : सर्वे शन्तु निरामया : सर्वे भद्राणी पश्यन्तु मा कस्चिद दुख भाग्भवेत !!’

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.