बन्ने भयो रंगशाला, सुरु भयो धनधान्याचल भागवत महोत्सव

चितवन, नेपाल

February 2, 2020

चितवनको रामपुरमा निर्माणाधीन धुर्मुस सुन्तली फ़ाउन्डेशनद्वारा बनाउन लागिएको गौतम बुध्द अन्तरराष्ट्रीय रंगशालामा आइतबारदेखि धनधान्याचल महोत्सव सुरु भएको छ भने त्यहाँ आउने भक्तजनहरुको पनि घुईँचो बढ्न थालेको छ ।

यस महान कार्यका लागि वाचन प्रवीण पण्डित दीनबन्धु  पोखरेलले आफ्नो पारिश्रमिक पनि नलिने बरु सकेको आफूले  दान गर्ने प्रतिबध्दता जनाउनु भएको छ ।

महोत्सवबाट  करिब ५० करोड रकम संकलन हुने अनुमान गरिएको छ भने ७६ लाख ७६ हजार खर्च हुने आयोजकको अनुमान रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ । काठमाडौदेखि पूर्व पश्चिम तथा जतासुकै देश विदेशबाट पनि सहयोग रक़म आईरहेको आयोजक परिवारले बताएको छ ।

माघ २६ गतेसम्म चल्ने उक्त धनधान्याचल महोत्सवको २२ बिधाका २२ जना ख्यातीप्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गरेका थिए भने  उद्घाटन समारोहलाई भव्य बनाउन मह जोडीको रुपमा चर्चित हाँस्य कलाकार हरिवंश आचार्यको पनि  बिशेष उपस्थिति रहेको थियो ।

महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमिति र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ । चितवनका ७ र नवलपुरको एक स्थानीय तहका प्रमुखहरुको नेतृत्वमा स्थानीय तह स्तरीय समिति, हरेक वडामा वडाध्यक्षको नेतृत्वमा वडास्तरीय समिति, टोल विकास संस्थाका अध्यक्षहरुको नेतृत्वमा सहयोग समिति गठन गरी हरेक घर र हरेक ब्यक्ति समक्ष रंगशाला निर्माणको प्रचारप्रसार र सहयोगको लागि अपिल गरिएको छ ।

उद्योग बाणिज्य महासंघ, उद्योग संघ, उद्योग परिसंघ, एनआरएनए, लायन्स क्लव तथा जेसिज क्लब लगायत विभिन्न सामाजिक संघसंस्थाहरुलाई केन्द्र मार्फत हरेक जिल्ला तथा त्यस मातहतमा रहेका निकायलाई महायज्ञमा जोड्ने प्रयास सँगै सम्पूर्ण कलाकारहरु, नेतागणहरुको पनि नगण्य उपस्थिति रहेको देखिन्छ ।

 

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.