अमेरिकाबाट भारत विरुद्ध विरोध जुलुस निस्कँदै

वासिंटन डिसी- December 11, 2019

भारतले जारी गरेको नयाँ नक्सामा नेपालका भूमिहरु लिपुलेख, कालापानी र लिम्पियाधुरा परेपछि निस्किएको सीमाविवादलाई साथ दिँदै अमेरिकामा बस्ने गैरआवासीय सबै नेपालीहरुले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोध प्रर्दशन गर्ने भएका छन् ।  आगामी डिसेम्बर १५ तारिखका दिन व्हाइटहाउस अगाडि रहेको लाफेएट पार्कमा विरोध प्रर्दशन गर्न लागिएको छ ।

भारतले आफ्नो नक्सामा नेपालका केही भूभाग देखाएको बिरूद्दमा अमेरिकामा गरिने विरोध प्रदर्शनमा आयोजक समितिले ४/५ पटक नै कन्फेरेन्स बैठक आयोजना गरी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेका छन् भने १५ तारिखका दिन सकेसम्म सबैजना उपस्थित भई यस कार्यलाई भव्य र सभ्यरुपमा सफल पारिदिनु हुन डिसीको आसपासका क्षेत्रमा बस्नुहुने सम्पूर्ण सँस्थामा आबद्ध व्यक्ति तथा सबै महानुभावहरुलाई अपिल गरेका छन् ।

यस विरोध जुलुसमा आउँदा प्रचार प्रसारका सामाग्रीहरुमा नेपाली झन्डा, नेपालको नक्साको ब्यानर (जसभित्र ती सबै भूभाग पर्ने गरी बनाईएको), प्लेकार्ड र नेपाली पोशाक हुन सक्नेछन् ।

पार्कमा सबैजना उपस्थित हुने समय : १० बजे विहान

कार्यक्रम २ बजे सम्म मात्र ।

मिति : डिसेम्बर १५, २०१९ Sunday

Address : Pennsylvania Ave NW and 16th street NW, Washington DC 20001      Lafayette Square

Protest on Nepal’s Land Encroachment by India” 

Organizer: “Nepalis For Nepal’s Territorial Integrity”

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.