अमेरिकाकै लागि निस्कने मारुतीनन्दन पन्चांग २०२० तथा भित्ते पात्रो सार्वजनिक

डिसेम्बर ८ २०१९

ओहायो राज्यको कोलम्बसमा “मारुति नन्दन पंचांग२०२०” र भित्ते पात्राको २०२० सालको अंक सार्वजनिक भएको छ । यस पात्रालाई “ज्योतिष एवम् आध्यात्मिक अनुसन्धान केन्द्र’ नामक संस्थाले प्रकाशन गर्दै ल्याएको छ भने यसका प्रमुख सम्पादक ज्यो.पदमलाल ढकाल, सहसम्पादक ज्यो.राजेन्द्र खनाल र डा.लक्ष्मीनारायण ढकाल प्रबन्ध सम्पादक रहेका छन् । यस संस्थाका निर्देशक डा.लक्ष्मीनारायण ढकालका नेतृत्वमा यो कार्य सम्पन्न भैरहेको छ I साथै यो संस्थाले त्यही पंचांगमा आधारित भित्ते पात्रो पनि प्रकाशित गरेर समाजलाई ठूलो लाभ पुर्याउंदै आएको छ I


भित्ते पात्रमा विशेष चाड र पर्वहरुको महत्व र उपयोगिताका बारेमा छोटो जानकारी पनि प्रकाशित गरिएको छ ।  हाम्रा नानीअरूले पनि भाषा न भुलुन् भनेर भानुभक्त ,देवकोटा आदि कविहरूको चित्र सहित परिचय र नेपाली वर्णमाला पनि समावेश गरिएको हुनाले यसले एउटा भाषिक र साहित्यिक भित्ते पत्रिकाको पनि भूमिका निभाएको छ I यस कार्यलाई भूटानी समाज र नेपाली समाजका थुप्रै ज्योतिषी गुरुहरू, धर्मशास्त्रका ज्ञाताहरू र चिन्तकहरूका सल्लाह र परामर्शमा गरी प्रकाशित गरिएको छ  I


उक्त सार्वजनिक समारोहमा पंचांगका लेखक ज्यो.पदमलाल ढकालले विषय वस्तु र पात्राको उपयोगिता र प्रयोग विधिका बारेमा जानकारी दिएका थिए I संस्था निर्देशक डा.लक्ष्मीनारायण ढकालले संस्थाको उद्देश्य प्रस्तुत गर्दै विदेशमा धर्म,संस्कार,भाषा र संस्कृतिको संरक्षण गर्नु यस संस्थाको उद्देश्य रहेको र पंचांग प्रकाशनले उक्त उद्देश्यमा ठूलो भूमिका खेले को र समाजलाई एकसूत्रमा बाँध्न सफल भएको बताए I
कार्यक्रमका विशिष्ट अतिथि आचार्य वेदनिधि सुवेदीले यो अभूतपूर्व कार्य सम्पन्न भएकाले र समाजलाई चाहिने अनिवार्य कार्य भएकाले यसलाई सबैले सहयोग र संरक्षण गर्नु पर्दछ भने I त्यसैगरी पत्रकार श्री गङ्गा लामिटारेले यो पात्राले पुनर्वासित भूटानी समाजको प्रतिष्ठा बढाएको छ भन्दै यस कार्यलाई सबैले सहयोग गर्न आह्वान गरे I पंचांग निर्णायक समितिका सदस्य ज्यो.लक्ष्मी मिश्रले मानव जीवनमा पात्राको उपयोगितालाई बताउदै गतेको अवधारणालाई स्पष्ट पार्दै स्थानीय मानकमा बनेको पात्रो मात्र शास्त्र र विज्ञानसम्मत हुनसक्ने कुरालाई प्रमाणित गरे I
अर्का वक्ता बुद्धमणि ढकालले पात्रमा अपनाइने विज्ञान र गणितका विषयमा चर्चा गर्दै नर्वेमा पुनर्वास भएका भूटानी मूलका युवा रमेश गौतम द्वारा प्रकाशित गरिएको “ अमेरिकामा तिथि किन पहिला आउँछन् “ शीर्षकको शोधपत्रलाई चर्चा गर्दै यस अनुसन्धानले उक्त पंचांग सही रहेको प्रमाणीत गरेको बताउँदै ज्योतिष शास्त्र स्वत:विज्ञान भएको बताए I
कार्यक्रमा पं.श्री नारायण काफ्ले,पं. घनश्याम रेग्मी,ज्यो.तोयनाथ रिजाल शिक्षक कृष्ण ढकाल,काशी अधिकारी,श्याम खनाल आदि वक्ताहरूले आ-आफ्ना विचार राख्दै यस कार्यलाई अझ सुदृढ र परिष्कृत बनाउँन हामी सबैले अघि बढ्नु पर्दछ भनेका थिए I
समारोहमा संस्थामा विगत ५ बर्षदेखि महत्वपूर्ण सहयोग गर्दै आएका ज्यो.गुरुहरूलाई आभार पत्र प्रदान गरेर सम्मान गरिएको थियो I यस क्रममा ज्यो.लक्ष्मी मिश्र, ज्यो.भिम प्रसाद लामिटारे, ज्यो.पदमलाल ढकाल, ज्यो.पं. राजेन्द्र खनाल, ज्यो.गोविन्द प्याकुरेल,ज्यो.ओम प्रकाश नेपाल र ज्यो.भवानी बजगाईंलाई उनीहरूले उक्त संस्थामा आबद्ध रहेर पंचांगको अनुसन्धान, निर्णय, प्रचार प्रसारका क्षेत्रमा अमूल्य योगदान दिएका हुनाले सम्मानस्वरूप आभार पत्र प्रदान गरिएको थियो I कार्यक्रमको संचालन पं. स्वामी आद्यपथिकले गरेका थिए भने सम्पूर्ण व्यवस्थापन मेघ अधिकारीले गरेका थिए । आफ्नो प्रति सुरक्षित गर्नुहोस् –

order link

https://hinduculturecenter.com/product/nepali-patro

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.