कुन कुन देशमा भाइ टीका ( तिहार)को साईत कतिबजे ?

अक्टोबर २१/२०१९  – HCC संवाददाता

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा रहेका हिन्दू धर्मालम्बीहरुका लागि भाइटीकाको छुट्टाछुट्टै साइत तोकेको छ ।

समितिको कार्तिक ३ गते बसेको बैठकले विभिन्न  देशको समय अनुसार भाइलाई टीका लगाउने साइतको समय  निर्धारण गरेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिका अध्यक्ष डा. माधव भट्टराईले बताए ।

यसले रोजगारका शिलशिलामा विभिन्न देशमा रहेका नेपालीहरुलाई सहयोग पुग्ने उनको भनाइ थियो । मान्छेको बसोवासको आधारमा अक्षांश– देशान्तर, चर आदिलाई तिथि, घडीपलाका आधारमा सूर्यको उदयबाट गणना गरेर त्यो स्थानमा बसोवास गर्ने मानिसले लगाउने टीकाको साइत निर्धारण गर्न सकिन्छ ।

जस अनुसार यसपालिको भाईटीका लगाउने शुभ साइत काठमाडौ अर्थात नेपालमा कार्तिक १२ गते विहान ११ : ५५ बजे शुभ साइत निर्धारण गरिएको छ भने अमेरिकाको न्यूयोर्क अर्थात् पूर्वी भागमा कार्तिक १२ अर्थात् अक्टोबर २९ तारिख दिनको 12:51 मा शुभ साइत रहने जारी विज्ञप्तिमा उल्लेख छ  भने अमेरिकाकै टेक्सासमा १२ : ५७ बजेको साईत शुभ रहेको छ । त्यसैगरी  कतारमा ११:५५ मा र क्यानडामा दिउसो १ : १५ बजे नै भाइटीकाको शुभ साइत निर्धारण गरिएको छ । त्यसैगरी क्यालिफोर्नियामा १२:५१ तथा अस्ट्रेलियाको सिड्नीमा १३:०५ मा  छ भने जापानको टोकियोमा ११:५७ मा निस्केको छ ।

१२ गते बिहान भारतको नयाँ दिल्लीमा सोही दिन बिहान ११:४५ बजे,  अमेरिकाकै केन्टुकीमा सोही दिन १२: १८ बजेको साईत छ भने बेलायतको लण्डनमा २९ तारिखको दिन ११: ४५ बजे, अष्ट्रेलियाको सिड्नीमा १३ : ०५ बजे, अष्ट्रेलियाकै मेलबर्नमा १२: ५० बजे, सोही देशको ब्रिसबेनमा १२: ०५ बजेको समय तोकिएको छ ।

यसैगरी, पोर्चुगलको लिस्बनमा १२: ३० बजे, फ्रान्सको पेरिसमा १२: १० बजे, मलेसियाको क्वालालम्पुरमा १२:३१ बजे, युएईको अवुधाबीमा १२: ०३ बजे समय तोकिएको छ । कतारको दोहामा सोही दिन बिहान ११: १५ बजे, थाइल्याण्डको बैंककमा ११: ४५ बजे, दक्षिण कोरियाको सिउलमा १२: १५ बजेको समय तोकिएको छ ।

यस्तै, इजरायलको तेलअभिभमा ११: ४० बजे, सिंगापुरमा १२: ३१ बजे, हङकङमा १२: ०१ बजे र साउदी अरेबियामा ११: ३६ बजेको समय तोकिएको सो समितिले जनाएको छ ।

कुन देशमा कुन समयमा उत्तम साइत छ हेर्नुहोस् –

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.