कैलालीको लम्कीमा एक हप्ताको धार्मिक महोत्सव हुँदै

 

कैलाश धाम तीर्थस्थल बनाउन लागेका छौँ  – संयोजक खडानन्द सापकोटा लम्की

लम्की , कैलाली – कैलालीको लम्कीमा यहीँ कार्तिक २३ गतेदेखि ऐतिहासिक श्रीमद्भागवतसहित धार्मिक पर्यटन  महोत्सव हुँदैछ । सुदुर पश्चिम प्रदेश आफैमा सुन्दर छ । यस प्रदेशको अनेकतामा एकता र भौगोलिक तथा भाषिक बिभिधता यसका सुन्दर पक्ष हुन । नेपालका बिभिन्न प्रदेशहरुको तुलनामा सुदुरपश्चिम प्रदेश आफ्नै छट्टै परम्परा, सांस्कृति, भेषभुसा  र रहनसहन छन । पुर्बमा कैलाशपर्बत बाट बिभिन्न छहरा, पहरा छिचोल्दै आएको अम्रीतरुपी मानसगंगा ( कर्णाली नदी ) उत्तरमा डाँफे मुनाल नाचिरहने स्वर्गको भुमि खप्तड, पाटन, रामारोशन र बडिमालिका देवी विराजमान छन । संगै दन्त देखाएर मुस्कुराई रहने अपी र सैपाल हिमालले यसको स्वरुपलाई नै स्वर्गको उपमा दिएको भन्दा फरक नपर्ला ।

पश्चिममा पुर्णागिरीमाता, महाकाली र शुक्लाफाटाँको दृश्यले झनै देश विदेशको ध्यानकर्षण गराएको छ । प्रदेशको दक्षिणमा पदमप्रकाशेश्वर महादेव, टीकापुर पार्क र मोहोनाको नदीमा फाईने विश्वको दृलर्भ चेतनशिल प्राणी डल्फीनको महत्व पनी बेग्लैछ । प्रदेशको हिमाली भेगमा भोटे, पहाडि भागमा बिभिन्न जातजाति र तराइका थारु समुदायको बिभिन्न अलग अलग संस्कृति रितिरिवाजले यो सुदुरपश्मिलाई एकताको मालामा बाधेको छ ।  हिमवत खण्डमा अवस्थीत विश्वको अग्रण्ी आध्यात्मिक दर्शन बैदिक सनातनीय पद्धतिलाई अङ्गीकार गर्ने हाम्रो देश देवः भूमि नेपाल, आफैमा एक  अद्भुत पुण्यभूमि मानिन्छ ।

कैलाशधाम तीर्थ स्थलमा निमार्ण हुन लागेको अष्टोत्तर सत् महालक्ष्मिी मन्दिर तथा मुर्ति संग्राहालय 

सनातनीहरुको आस्थको केन्द्र विन्दु कैलाश पर्वतको तटीय आसनमा रहेको कैलाश धाम तीर्थ स्थल क्षेत्रको महत्व अझै विशाल छ ।  यहाँ बैदिक शास्त्रका प्रणेता, पुराण तथा इतिहासका महान साधक र विख्यात सन्त–महन्तका साथै  ऋर्षि–महर्षिहरुको उदय भएको छ । यिनै महापुरुषद्धारा स्थापित अद्धितिय आदिमसभ्याता एवं आध्यात्मिक विकासको हरेक कालखण्डमा यो भुमिले ज्ञानमयी क्षेत्रको विरासत ग्रहण गदै आएको छ । यो वैदिक भूमि आध्यात्मिक साधनको स्थल भएको र हुने गरेको विषयमा अध्यन अनुसंधान गर्न विश्वको ध्यान केन्द्रित छ ।

देवः भूमि नेपाल आराध्यदेव एवं वैदिक वाङ्मयका वैज्ञानिक भगवान शंकरको तपोभूमि रहेको विषय हाम्रा ग्रन्थहरुले प्रमाणित गरि सकेका छन् । शिवको डमरुकै नाद –ध्वानि) बाट हाम्रा तमाम लिपि (८४), ब्याकरणका सूत्र (१४), असंख्य छन्दका गण, संगीत र नृत्यका थालनी भएको हो । कैशाध पर्वत (मानसरोवर) बाट उत्गम भई बिभिन्न अमुल्य जडिबुटी छिचोल्दै साक्षात गंगा माताको स्वरुप  कैलाशगंगा (कर्णाली नदी) को महत्वले यस पुण्यभूमिको सौन्दर्यता बढाएको छ ।

कैलाशधाम तीर्थ स्थलमा निमार्ण हुन लागेको

अष्टोत्तर सत् महालक्ष्मी मन्दिर तथा मुर्ति संग्राहालय 

कैलाशधामको वास्तविकतालाई  उजागर गर्न ‘सर्वकालिन ज्ञानवाद र आधुनिक तत्ववाद’ को समिश्राण गदै शान्तिकामी क्षेत्रमा परिणत गर्ने हेतु यस क्षेत्रमा नमुना आध्यात्मिक केन्द्र लगायत यससंग सम्बन्धित समस्तकार्यको थालनी अपरिहार्यता भई यस विश्व हिन्दु एकता परिषद् नेपालले कैलाशधाम तीर्थस्थल निमार्णको महानकार्य प्रारम्भ गरेको हो ।

वैदिक सनातनीय आतमलाई आत्मसाथ गदै नेपालमा बिभिन्न धार्मिक, धार्मिक पर्यटन प्रर्बद्धन तथा आध्यात्मिक गतिविधि सञ्चालन गरी समुदायमा धार्मिक आध्यात्मिक जागरण फैलाउदै बिभिन्न क्षेत्रमा धार्मिक मठ, मन्दिर, धर्मशाला, गौशाला, गौ संरक्षण अभियान, धर्म जागरण तथा संरक्षण अभियान धार्मिक तथा पर्यटकीय स्थल, गुरुकुलिय विद्यालय, योग तथा आयुर्बेदिक चिकित्सालय एव् सामाजिक संरचना निमार्णमा भूमिका निर्वाह गर्ने उद्देश्यका साथ विश्व हिन्दु एकता परिषद् नेपालको स्थापना गरी सुदुर पश्चिमको प्रबेशद्धार धार्मिक पर्यटकीय क्षेत्र कैलाशधाम तीर्थ स्थलको निमार्ण भैरहेको छ । कैलाश धाम धार्मिक वनकोरुपमा रहेको २५ हेक्टर क्षेत्रफलमा आफ्ना धार्मिक तथा आध्यात्मिक संरचना निमार्ण कार्य गदै आएको छ । भने धार्मिक प्रस्तावित वनको रुपमा करीब २ सय हेक्टर वन क्षेत्र संरक्षण गरी रहेको छ । एकता परिषद्ले सनातनीहरुको धार्मिक आस्थाको केन्द्र विन्दु कैलाश पर्बत ( मानसरोवर) बाट उद्गम भई देशकै सबै भन्दा लामो मानस गंगा (कर्णाली नदी) यसै धाम भएर बगि रहेको छ । जुन लाखौ झरना र छहरा छिचोल्दै कैलाश पर्बत (मानससरोबर) बाट बगेर आएको अमृतरुपी पवित्र जलको पनी महत्व रहेको छ । यस गंगारुपी कैलाशधामको जलले स्नान गरे मानव जिवनमा अन्जानमा गरेका पापको नास हुने, बिभिन्न छालाजन्य रोग समेत सन्चो हुने जनविश्वास रहि आएको छ । यस क्षेत्रको महत्वको बिषयमा प्रचार प्रसारका साथै कैलाशधाम तीर्थ स्थल निमार्णका लागि धार्मिक क्षेत्रमा बिभिन्न कार्य समेत सञ्चालनमा रहेका छन । सुदुर पश्चिम प्रदेशको प्रबेशद्धावारको रुपमा रहेको कैलाशधाममा हाल १ सय ८ वटा एउटै मन्दिरमा मुर्ति रहने गरी मुर्ति संग्राहालयकै रुपमा श्री अष्टोत्तर सत् महालक्षि देवीको विशाल मन्दिर निमार्ण कार्य जारी छ ।

बृहत गौशाला, स्नान घाट, आरति घाट, १ सय ५३ फिटको शिवमुर्ति, आधुनिक ध्यान केन्द्र, बगैचा, १ हजार ८ शिवलिङ्ग स्थापना गरी चौरासि मोक्षधामको स्थापना गर्ने, गौ मुत्र संकलन तथा प्रशोधन, गोबरग्यास प्लान्ट, जैविक मल उत्पादन गृह, शवदाह गृह, विद्युतिय शवदाहा गृह तथा धर्मशाला  निमार्ण लगायतका थुप्रै संरचनाहरु निमार्णको प्रक्रियामा रहेका छन ।

सिमित स्रोत साधन र सरकारी अनुदानका साथै संस्थाको आन्तरीक आम्दानी एव दाताहरु बाट दान स्वरुप प्रदानहुन आएको रकम बाट निमार्ण कार्य थालनी भैरहेको छ । उक्त धाम तथा आध्यात्मिक केन्द्रको कुल लागत करिब १ अर्ब भन्दा बढी रहेको हुदा धाम रहेको नगरपालिका लम्कीचुहा नगरपालिका र प्रदेश तथा संघिय सरकारको सिमित प्रयास र दानबाट मात्र सफल हुन कठिन महशुस हुनुका साथै नेपालका नेपालीको भुमिका अहमहुने र सनतानी हरुका लागि सनातन संरक्षणको लागि भैरहेको प्रयास अपरिहार्य हुने भएकाले यस विश्व हिन्दु एकता परिषद् नेपाल, कैलाश धाम तीर्थस्थलले लिएको लक्ष्य र उद्देश्य नेपाली र नेपालका लागि मात्र सिमित नरहेर संसारका जुनसुकै क्षेत्रमा बसोबास गर्ने ॐकार परिवारका सनातनीहरुका लागि भएको हुदा सबै सनातनी ॐकार परिवारका सदस्यलाई सहभागि गराई कैलाश धाम तीर्थ स्थललाई सबैको साझा धामको रुपमा ‘विकास गरी जनताको धाम बनाई छिटो भन्दा छिटो कार्य सम्पादन गर्ने योजना अनुसार यो कार्यक्रम आम जनता सामु ल्याइएको हो ।

धाममा गौग्राम निमार्णको लागि करीब ३ सय बढी गाई संरक्षण गदै आएको, थप ५ सय गाई एकै ठाउमा अटने गौशाला, गौमुत्र प्रशोधन र संकलन केन्द्र, जैविक मल तथा किटनाशक औषधि उत्पादन, गोनाईल उत्पादनका लागि कार्यक्रम अघि बढीरहेको छ ।

यस्तै १ सय ८ देवि देवताको मुर्ति संग्राहालयको रुपमा रहने गरी विशाल श्री अष्टोत्तर सत् महालक्षि मन्दिरको निमार्णकार्य तिब्रगतिमा भैरहेको, स्नान र आरति घाटका साथै विद्युतिय सवदाहा गृह निमार्णका लागि स्थानिय, प्रदशे र केन्द्र सरकारका साथै बिभिन्न सहयोगि गैरसरकारी संघ संस्था र दानदाताहरु संग पहलकार्य जारी रहेको हुदा अब स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण ॐकार परिवार, श्रद्धालुभक्तजन, गाउँ, नगर, जिल्ला, प्रदेशबासी, सरकार र विश्व हिन्दु एकता परिषद् नेपालको संयुक्त प्रयास बाट कैलाश धाम तीर्थ स्थल तथा आध्यामिक केन्द्रका साथै गौ–ग्राम निमार्ण सम्पन्नं गर्ने  योजना अनुरुप यहाँहरु समक्ष निबेदन गदछौ ।

कैलाशधाम तीर्थ स्थलमा निमार्ण हुन लागेको अष्टोत्तर सत् महालक्ष्मिी मन्दिर तथा मुर्ति संग्राहालय उद्देश्यः
विश्व हिन्दु एकता परिषद् नेपालले कैलाश धाम तीर्थ स्थलको निम्न उद्देश्यका साथ निमार्णका लागि संकल्प लिएको छ ।    वैदिक सनातनीय परम्परा र आस्थालाई प्रचार प्रसार एवम् यसका बैज्ञानीक पक्षलाई समेत उजागर गरी यसको महत्व एंव आजको युगको आवश्यक्तालाई समेत प्रष्ट्याउने गरी देश तथा विश्वमा प्रचार प्रसार गर्ने ,    सम्पुर्ण ॐकार परिवारका सनातनीहरुलाई एक शुत्रमा बाधन् , धर्म भित्र रहेको विसंगति र अन्धविश्वासलाई हटाउदै सबै भन्दा बैज्ञानीक आर्दश सनातनलाई जनता, समाज, राष्ट्र र विश्वसामू प्रचार प्रसार गर्नु , धाम रहेको क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरी राष्ट्रको संम्बृद्धीमा सहयो गर्ने , गौ माताको संरक्षण तथा गौमाताको गौमुत्र बाट बिभिन्न औषधि, गोबर बाट ग्यास र जैविक मल, दुधबाट बिभिन्न दुग्धजन्य पदार्थको उत्पादन गर्ने,  धर्म जारण अभियान सञ्चालन गरी सभ्य समाज र्निमाण गर्ने, हाम्रो देश बाट धर्म र तीर्थको नाममा बार्षिक रुपमा बाहिरीने अबौ रुपैया नेपालमा नै रोक्ने,    कर्णाली नदीलाई मानस गंगा र गंगासागरको रुपमा परिणत गरी उत्कृष्ण स्वच्छ, सुन्दर गंगाको रुपमा परिचित गराउने,  यस धामलाई देश तथा विदेशमा रहेका बिभिन्न धाम तथा धार्मिक क्षेत्रका साथै हिन्दुहरुको आस्थाको केन्द्र विन्दु कैलाश पर्बत संग छोड्ने सर्किटको रुपमा विकास गरी बृहत कैलाश धाम निमार्ण गर्ने, यस धामलाई केन्द्र विन्दु बनाई बाह्री महिना सुदुरपश्चिमका पदम प्रकाशेश्वर महादेव, घोडाघोडि, गोदावरी, शिवपुरीधाम धनगढी, उग्रतारा डडेल्धुरा, डोटी, बडिमालिका, नन्दामाता देवी, खप्तड, रामारोशन, बैजनाथ धाम अछाम, कर्णाली प्रदेशका देउति बजै सुर्खेत, जुम्ला कालिकोटका महत्वपुर्ण धार्मिक क्षेत्र, यसैगरी पशुपति क्षेत्र, डोलेश्वर महादेव, बुढानिलकण्ठ, देवघाट क्षेत्र, गोसाईकुण्ड, जनकपुरधाम, स्वार्गद्धारी, मुक्तिनाथ क्षेत्र, लुम्बीनी क्षेत्र, भारतका चौरासिकोस ब्रजयात्रा मथुरा, हरीद्धवार, कासि, प्रयाग, जगनाथ, बम्बादेवी, तिरुपति बालाजि, अम्मबरनाथ, केदारनाथ, यमुनोत्री, गंगोत्री लगायतका बिभिन्न धार्मिक क्षेत्रको साथै कैलाश पर्बत मानासरोबरका लागि यात्रा गराउने, देश तथा विदेशमा रहेका धार्मिक क्षेत्र संग जोडि बृहत धार्मिक स्थलको रुपमा नेपाललाई   चिनाउन, विश्वका हरेक मानव समुदायलाई हाम्रा धार्मिक ग्रन्थ बेद, पुराण र पौराणिक ग्रन्थहरुबारे  अध्यन गर्ने स्थलको रुपमा विकासका साथ साथै विदेशी पाहुनाहरुलाई नेपाल आउने वातावरण तयार गरी राष्ट्रलाई विश्वमा चिनाउने, योग तथा आध्यात्मिक ध्यान, साधना केन्द्रको रुपमा विकास गरी योग तथा आयुर्बेदिक पद्दती बाट दिन दुखिको उपचार गर्ने ।

कार्ययोजनाः

धाम निमार्णको कार्य तिब्र गतिमा अघि बढी रहेको छ । अब केवल आम जन समुदायको सहभागिता र भावनाको कमि रहेको हामिले महशुस गरेका छौ । त्यस कारण आउनुहोस् तपाई, हामि सबै जुटौ, सबै उठौ, यो महाअभियानमा कोहि पनी नछुटौंः तपाइएको सानो प्रयास र प्रेमले गाउ, नगर हुदै सम्पुर्ण राष्ट्रको उन्नती र प्रगतिमा र देश सम्बृद्ध बनाउने अभियानमा ठुलो टेवा पुग्नेछ । त्यसैले सबै ब्यक्ति, घर परिवार सबै जुटेर हजारौ बर्ष पुरानो हाम्रो संस्कृतिको धरोहर बोकेर आजका अवस्था सम्म आइपुगेका वैदिक सभ्याताका अनुयायी एकजुट भई यस धाम तथा गौग्राम निमार्णको महा अभियानमा जुट्नुहुन अनुरोध ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.