देउसी भैलो Deusi Bhailo

द्यौसी भैलो     संकलक : राजेन्द्र खनाल
आहै .. भन भन भाइ हो      – द्यौशीरे  …                  भन भन साथी हो                                             राम्ररी भन
स्वर मिलाईकन
तिहारैको
अवसर पारी
हामी त्यसै
आएका हैनौ
बलिराजाले
पठाएर
आएका हामी
झिलिमिली २
बत्तिको झिलिमिली
जताततै
पाँचै दिनमा
यमका दूतलाई
सम्झिएर
पहिलो दिनमा
कागैको पूजा
गरिकन
दोस्रो दिन
कुकुरको पूजा
गरिकन
तेस्रो दिन
लक्ष्मी पूजा
गरिकन
चौथों दिन
गोवर्धन पूजा
गाईको पूजा
गरेपछि
वशुधारा                                                    हालेपछि                                                        पाँचो दिनमा
भाइ टीका
यमराजको पूजा
गरेपछि
दाजु र भाईलाई
दिदी बैनीले
सप्त रंगी
तीन धर्के टीका
लगाएर
फूलको माला
लगाएर
पूजा गरी
रोटीका परिकार
टक्रयाएर
रमाई रमाई
मनाएर
संस्कृतिको
रक्षा गरौँ
नेपालै छोडी
आएता पनि
आफ्नो संस्कार
नभुलौं हजुर
नेपाली समाज                                            एकजुट भई                                                    द्यौसी र भैलो
खेल्दै खेल्दै
आएका छौं ।

गीत
हे ए …..,,

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३-6

वर्षदिनको द्यौसी र भैलो
नाची नाची गरौ है रमाइलो ३

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३

नेपाली हौं गरौ न केही
समाजमा नाम राख्न मन खोली ३

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३

नाचौ नाचौ भा छैन पूरा
मरि लाने के छ र हजुर ।। ३

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३

आशीर्वचन

आहै भन भन  साथी हो
राम्ररी भन
स्वर मिलाई कन
यो घरैमा
आशीर्वचन
दिदै जाऊँ
आख़िर हामी
जहाँ रहे पनि
सँस्कृतिको
रक्षा होओस्
यो /सबैको घरमा
हर्ष नै छाओस्
धनको धन्सार
भरि नै जाआोस्
ढु्ंगा नै छुँदा
सुनै बनोस्
माटै छुँदा
मोति नै बनोस्
मनको इच्छा
पूरा होओस्
नाम र मान
बढ्दै जाओस्
शत्रुको शीर
झुक्दै जाआोस्
नाम र शानले
मित्रता बढ़ोस्
आँटेको काम
पुग्दै जाओस्
मनमा खुशी
छाईरहोस्
सबैको मनमा
शान्ति मिलोस्
खुसीले सधै
दिन पुगोस्
लक्ष्मीले सधै
बासै गरुन्
चन्द्रमा सधै
दाहिने होऊन्
मनोकामना
पूरा होउन्
सधै भरि
खुसी रहनु
धेरै समय
बाँची रहनु
काँश झै फूल्नु
बाँस झै नुग्नु
आइसाल आऊँदा
यो/ सबैको घरमा
सुनैको छानो
भईराखोस्
घरै भरि
सन्दुकैमा
डलरै डलर
फलिराखोस्
भन्दै भन्दै
बिदा लिन्छौ
उवारो
दुवारो


गीत /चुट्का

दिउँला दिउँला आशिक भनी
आयौं हामी हजुरको आँगनी । ३

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३

भन भन द्यौसिरे भन
हटोस् सबै बाधा र अट्चन । ३

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३

यो घरका उपस्थित सबैलाई
लक्षिमीले नछोडुन् कसैलाई ३

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३

कात्तिकको दान दिने बेला
छिटो गर्नुस् हुँदैछ अबेर । 3

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३

सन्तानलाई सिकाऊँ है सँस्कार                           पछि हाम्ले जीत्नेछौँ संसार । ३

दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३
बनाऊँ आफ्नै मन्दिर गजुर
बिदा दिनु्स् आजलाई हजुर । ३
दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३
खुसी मनले दिनुस् है भेटी
मनको इच्छा पुग्नेछ घरबेटी । ३
दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो ३
बिदा हुन्छौ याँबाट अहिलेलाई
अर्को साल आऊने छौं पहिले नै ।। ३
दशै गयो तिहारै आयो
द्यौसी खेल्न सबैलाई मन लायो।  ३ ।।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.