डिसी नेपाली समाज, अमेरिकाले बडादशैमा नि:शुल्क जमरा वितरण तथा दशैँको कार्यक्रम गर्ने !

September २७, २०१९
डिसी नेपाली समाज, अमेरिकाले बडादशैमा नि:शुल्क जमरा वितरण तथा दशैँको कार्यक्रम गर्ने !
आदरणीय मित्रजन तथा बुवाआमा, दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक निमन्त्रणा !
डिसी नेपाली समाज, अमेरिकाले बिगतका वर्षहरुमा आयोजना गरिएका कार्यक्रमहरुको अपार सफलताको साथै नर्देन भर्जिनियामा नेपाली सामुदायिक तथा साँस्कृतिक केन्द्र निर्माणका लागि लगाईएको सप्ताहमा पनि अपार सफलता तथा यहाँहरुको उच्च मुल्याङ्कन एबम् उपस्थित भक्तजनहरु प्रति आभार व्यक्त गर्दै यस बर्ष पनि डिसी मेट्रो क्षेत्र तथा अमेरिकामा बस्ने सम्पूर्ण हिन्दू धर्माबलम्बी तथा श्रद्धालु भक्तजनहरुका लागि बडादशै २०७६ को अबसरमा यही September 29 तारिख, रविबार वैदिक विधिपूर्वक घटस्थापना गरी नवदुर्गा अवधिभर पूजा आराधना गरिनेछ । 
७ तारिख सोमबारको दिन नवदुर्गाको पूजापछि निशुल्क जमरा बितरण गरिनेछ । यो दशैँको अवधिमा प्रत्येक दिन विहान ७-९ सम्म पूजा आराधना तथा सप्तशती पाठ हुनेछ भने सप्तमीको दिन बेलुका फूलपाती भित्र्याउने कार्यक्रम छ । अष्टमीको दिन बिहान पूजा तथा साँझ भजन किर्तनको कार्यक्रम समेत रखिएको हुँदा उक्त दिनहरुमा गरिमामय उपस्थितिको लागि अनुरोध गर्दछौँ । अक्टोबर ६ तारिख नवमीको दिन विहान नबदुर्गा भवानीको पूजा आराधनाको कार्यक्रम गरिने भएकोले सम्पूर्ण श्रदालु महानुभावहरुलाई यी सबै दिनहरुमा दुर्गा भवानीको दर्शनका लागि अनुरोध गर्दछौँ । 
नोट : ठूलो /सानो ट्रे मा छुट्टै जमरा राख्नको लागि सेप्टेम्बर 29 तारिख विहानसम्म तलका नम्बरगरुमा सम्पर्क गर्नु होला ।
कार्यक्रम समय तालिका
सेप्टेम्बर २९ तारिख विहान घटस्थापनाको दिन नबदुर्गा पूजा आरम्भ बिहान ७ बजेदेखि ९ बजेसम्म
अक्टोबर ४ 2019  फूलपातीको दिन फूलपाती भित्र्याउने बेलुका ५.३० बजे देखि ७ बजेसम्म
अक्टोबर 5, 2019  महाअष्टमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:००देखि ०९:००बजेसम्म
अक्टोबर 6, 2019 रविबार महानवमी विशेष पूजा बिहान ७ बजे देखि ९ बजेसम्म, साँझ : मालसिरी भजन किर्तन बेलुका ७:००देखि ०९:००बजेसम्म ।
अक्टोबर ७ सोमबार दशमीको दिन देवी विसर्जन तथा जमरा बितरण बिहान 10 बजेदेखि 11 बजेसम्म ।
अक्टोबर ८ तारिख: टीकाको कार्यक्रम विहान १० बजे ।
नोट : डिसी नेपाली समाजको सामुहिक टीका लगाउने तथा जमरा वितरणको कार्यक्रम अक्टोबर ८ तारिख विहान १० बजे गरिने भएकोले कृपया समयमै उपस्थित भईदिनु होला ।
आशा गरौँ अर्को सालसम्ममा नेपाली सामुदायिक केन्द्रमै दशैँको कार्यक्रम गर्न सकिनेछ । बडादशैँको हार्दिक शुभकामना !
पूजा, भजन, जमरा वितरण तथा टीका कार्यक्रम स्थल : 14102 Wood Rock Way, Centreville, VA, 20121
थप जानकारीका लागि संपर्क
१. अरुण रूपाखेती – ‭(703) 909-7123
२. राजेन्द्र खनाल 703-870-6480
३. ददिराम ढुग़ाना – ‭(571) 438-5499
४. हरि पुडासैनी     (571) 215-2422
५. अर्जुन ढुंगेल      (703) 317-7413
डीसी नेपाली समाज परिवार

2 Comments

  1. Pingback: अमेरिकामा किन ७ तारिख पर्यो दशैँ ? समाधान र यसका उपायहरु – Hindu Cultural Center

  2. Pingback: अमेरिका तथा क्यानडामा किन ७ तारिख पर्यो दशैँ ? नेपालमा किन ८ तारिख? महत्वका साथै समाधान र यसका उपा

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.