भर्जिनियामा दशैँ तिहारको मुखमा भव्य साँस्कृतिक कार्यक्रम हुँदै

Washington DC,  September 19 2019
बिगतका वर्षहरुमा जस्तै के.सी. डान्स सेन्टर अमेरिकाले यस वर्ष पनि भब्यरुपमा साँस्कृतिक कार्यक्रम “ कलिवुड नाइट २०१९” गर्दैछ । 2017 देखि सुरु भएको यो साँस्कृतिक कार्यक्रम अति आकर्षक बन्दै गएको कुरा यस क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले भिडियोमार्फत फेसबुकमा आफ्नो प्रतिक्रिया शेयर गरी बताएका छन् । के.सी. डान्स सेन्टर आफ्नो क्षमताले भ्याएसम्म सामाजिक सेवाका क्षेत्रहरुमा समेत उपस्थिति जनाइरहेको छ ।
अति लगनशील तथा मिहिनेती व्यक्तित्व हुन् केसी डान्स सेन्टरका सन्चालक नवीन केसी र लुना श्रेष्ठ । भर्जिनिया तथा मेरिल्यान्ड आसपासका क्षेत्रमा केसी डान्स सेन्टरमार्फत बच्चाहरुलाई नेपाली नृत्य सिकाई सँस्कृतिको जगेर्ना गरिरहेका नवीन केसी भन्छन् –
 ‘गत वर्ष आयोजना गरिएको ‘कलिउड नाइट–२०१८’ बाट बचत भएको केही रकम र त्यसमा ‘सुपर मम्स’ समूहका कलाकारहरु समेतको सहयोग गरी $७११ अमेरिकी डलरमा अन्य महानुभावहरुबाट प्राप्त थप $६०१ जम्मा गरी $१३१२ (नेपाली रुपियाँ एक लाख एकाउन्न हजार एक सय एकाउन्न (रु. १,५१,१५१) ) चितवन रत्ननगरस्थित “गामबेसी चेपांग संरक्षण केन्द्र”लाई  सहयोग गर्यौँ ।’ यस वर्ष पनि ‘कलिउड नाइट–२०१९’ बाट सामाजिक सेवाका क्षेत्रमा योगदान गर्ने कुरा बताएका छन् । के.सी. डान्स सेन्टर समुदायको लागि खुलेको हो र समुदायमा आफ्नो क्षेत्रबाट पुर्याउन सक्ने योगदानका लागि सधैँ तयार रहने कुरा समेत उनले बताएका छन् । यस कार्यक्रममा  यस क्षेत्रमा बस्नुहुने सबैजना आएर मनोरन्जन लिई आफ्नो बच्चाहरुलाई नेपाली सँस्कृतिको बारेमा पहिचान गराउनु हुन पनि अपिल गरेका छन् । यस कलिवुड नाइट साँस्कृतिक कार्यक्रममा विशिष्ट कलाकारहरु प्रेमराजा महत, नलिना चित्रकार, जगदीश समाल, यज्ञमान शाक्य, नवीन केसी, लुना श्रेष्ठ, राहुल केसी, रिमा केसी, सुश्मा खनाल, समीक्षा सापकोटालगायत सिक्दै गरेका स्थानीय बालकलाकारहरु तथा महिलाहरुको समेत प्रस्तुति रहनेछ ।
कलिवुड नाइट २०१९
टिकट दर $२५ र $५० मात्र
टिकट बुकिंगको लागि सम्पर्क व्यक्तिहरु :
(703) 386-6457 Navin KC
(703) 362-7255 Luna Shrestha
 (703) 870-6480 Raj Khanal
(703) 302-0338 Parashu Timalsina
(202) 258-0192 Dipak Sharma
Address: 8333 Little River turnpike Annandale, VA 22003
When : September 28, 2019 Saturday

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.