क्यानडामा भईरहेको धार्मिक महायज्ञ ‘सप्ताह’ले गराएको यो एकता

क्यानडामा भईरहेको धार्मिक महायज्ञ ‘सप्ताह’ले गराएको यो एकता 

गोकर्ण लामिछाने – टोरोन्टो क्यानडा – हिन्दू दर्शनमा आधारित महायज्ञ ‘श्रीमद्भागवत ज्ञानमहायज्ञ सप्ताह’ क्यानाडाको टोरोन्टोमा गत शनिबार ६ तारिखदेखि सुरु भएको छ ।नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर ( पशुपतीनाथ मन्दिर ) को आयोजनामा सुरु भएको यो सप्ताहका मुख्य कथा वाचक हुनुहुन्छ- ‘वाचन प्रवीण गुरु दिनबन्धु पोखरेल । पोखरेल अमेरिकाको डिसी मेट्रो सप्ताह सकिएलगत्तै क्यानाडा आउनु भएको हो ।

झन्डै १ मिलियन डलर रकम दाताहरुबाट संकलन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको छ । पशुपती मन्दिरको बिस्तार सहयोगार्थ सप्ताह आयोजना गरिएको आयोजक मध्येका मोहन सापकोटाले बताएका छन्।

सप्ताह सम्पन्न गराउन जिटिए निवासी सबै नेपाली जुटेका छन् । सबै तहका नेपाली जनहरुको यो सकृयताले ‘एकतामा नै बल भेटिने तथ्य सावित गर्छ ।सप्ताहको चौथों दिन सम्ममा करिब २ लाख क्यानेडियन डलर उठेको जानकारी आयोजक टिमले जनाएको छ ।एचसीसी

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.