डिसी मेट्रो सप्ताहको तयारी भब्यरुपमा

वाशिंगटन डिसी,  जुन ९,

अमेरिकाको राजधानी वासिंगट डिसी नजिकै रहेको नर्देन भर्जिनियामा बनाउन लागिएको सामुदायिक भवन निर्माणार्थ डिसी मेट्रो सप्ताह २०१९ को तयारी भब्यरुपमा हुँदै गईरहेको छ ।

 

सो महापुराण यही जुन २२ देखि २९ सम्म चल्ने भएको छ । सप्ताह महापुराण उत्तर भर्जिनिया फेयरफ्याक्स शहरको ब्राडक रोडस्थित लोटस मन्दिरमा हुनेछ ।

महापुराण बाचनको लागि नेपालबाट वाचनप्रवीण  पंडित दिनबन्धु पोखरेल र सहायक गुरु खडानन्द सापकोटा यही जुन १७ तारिख डिसी आउने भएका छन् । सप्ताहलाई पूर्णरुपमा विधिपूर्वक सफल पार्नका लागि अरु थप पाँचजना गुरुहरु पनि तयार भएका छन् ।

नेपाली अमेरिकन सामुदायिक भवन निर्माणको सहयोगfर्थ आयोजित सप्ताह महापुराण तैयारी सम्बन्धमा छलफल गर्न डिसी क्षेत्रमा अहिलेसम्म दर्जन जति कन्फरेन्स कल र झण्डै त्यतिनै संख्यामा स्थानीय प्रत्यक्ष बैठकहरु गरिएका छन् ।

डिसी मेट्रो सप्ताह नाम दिइएको यो महापुराणको तयारीको लागि १२ सय ७  सदस्यीय तयारी समिति गठन भएको र संख्या २ हजार पुग्ने अनुमान आयोजकले गरेका छन् ।

डिसी क्षेत्रमा बन्ने नेपाली अमेरिकन सामुदायिक भवनको लागि कम्तिमा पनि साढे दुई मिलियन डलर खर्च लाग्ने अनुमान गरिएको छ ।

त्यसको लागि सामुदायिक भवन निर्माणमा लागिरहेको १७ जना रियल्टर  र ३५ जना इन्जीनियरहरुको टिमले सकेसम्म बनिरहेकै भवन खरिद गर्ने तर नभए जग्गा किनेर आफ्नो भवन बनाउने तर्फ पनि सक्रियतापूर्वक पायक पर्ने स्थानमा जमीन खोज्ने कार्य भईरहेको आयोजक मध्येकै सामाजिक अभियन्ता ठाकुर ढकालले जानकारी दिएका छन् ।  अरु पनि रियल्टर र इन्जीनियरहरु यस समूहमा सहकार्य गर्न सक्नेछन् ।

अहिलेसम्म करीव १० वटा मिटिंगहरु उत्तर भर्जिनियाका विभिन्न स्थानमा भएका छन् र यस क्षेत्रका सवैजसो नेपालीहरुको सहभागिता भैसकेको र कोही पनि यो अभियानमा छुटेका भए खुल्ला हृदयले सहभागी हुन अपील पनि गरिएको छ।

महापुराणराणको पहिलो दिन कलश यात्रा गरिने भएको छ र यसको लागि ४०० थान कलशहरु नेपालबाट ल्याइएको जनाइएको छ । यसैगरी गणेश मूर्ति १० थान, पूजा सामग्रीहरु, टिशर्टहरु र धार्मिक पूजाआजाका सामान पनि आइपुगेको जानकारी गराइएको छ ।

यस्तै महापुराण अवधिभर ब्यवसायिक स्पोन्सरको पनि ब्यवस्था गरिएको र स्पोन्सरको लागि १५ सय, १ हजार र ५ सय डलरको ब्यवस्था गरिएको जानकारी गराइएको छ । यसको लागि सम्पर्क गर्नुहुन ब्यबसायिक कम्पनीहरुलाई महापुराण आयोजक समिति मध्येकै स्पोन्सर टिमलाई सम्पर्क गर्न अनुरोध गरिएको छ- जसमा सुरेश सापकोटा, केशव बराल, नवीन केसी, रोशन पुरी, निश्चल सिलवाल, राम मिश्र, निरान्जन अधिकारी, निशेष भट्टराईलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

महापुराणको पहिलो दिन बेलुका जुन २२ तारिक करीब ४ सय कलश सहित हजार जना भन्दा बढी महिला तथा पुरुषहरुको सहभागितामा कलश यात्रा निकालिने भएको बताइएको छ । कलश सजाउन आवश्यक पर्ने फूलहरू हरेक कलश लिने ब्यक्तिलाई नै लिएर आउन अनुरोध गरिएको छ ।

सप्ताह अवधिभर ब्रतबन्धको लागि प्रति बटुक ७ सय शुल्क, गुन्हू चोलीको लागि ३ सय डलर, कर्ता बन्नको लागि ५ सय डलर र अन्य ग्रह शान्ति, स्वस्ती शान्ति आदि पूजाआजाको लागि ३ सय डलर दान गर्नु पर्ने जानकारी गराइएको छ ।

जमीन वा भवन खोजी कार्य महापुराण अवधि सम्ममा सम्पन्न हुनसक्ने जनाइएको छ । सप्ताह सकिएलगत्तै यही ३० तारिख अर्को टाउनहल बैठक पनि हुनेछ ।

सबैजुटौँ सबै उठौँ यस महान कार्यमा कोही पनि नछुटौँ ।

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.