डिसी मेट्रो सप्ताहको अन्तिम तयारी बैठक आह्वान

जुन 7 2019,

नेपाली अमेरिकन सामुदायिक केन्द्र  निर्माणार्थ आयोजना गरिएको डिसी मेट्रो सप्ताहको तयारी सम्बन्धी चौथो तथा अन्तिम टाउन हल मिटिंग यही जुन ९ तारिख हुने भएको छ ।

यही  जुन ९ तारिख आईतबार  हुन लागेको यस टाउनहल मिटिंगमा आयोजक बन्न छुट्नु भएका, स्वयंसेवक बन्न इच्छुकहरु पनि उपस्थित हुन सक्नुहुनेछ । यस टाउनहल बैठकमा बिस्तृत जानकारी सँगै सबै संघ संस्थाका प्रतिनिधि र सामाजिक अभियन्ताहरुलाई सहभागी बन्नु हुन हार्दिक आव्हान गरिएको छ ।

विभिन्न चरणमा भर्जिनियाका सहरहरुमा भएका छलफल, बैठक र कार्यक्रमहरु र हरेक सोमबार साँझ ८ बजे हुने कन्फरेन्स कल बैठक(दूर संचार प्रणाली ) को माध्यमद्वारा यस क्षेत्रमा रहेका नेपाली समुदायमा नयाँ तरंग, उत्साह र हौसलाको बाताबरण बनिसकेको जानकारी सप्ताह महापुराणका संयोजक अरुण रुपाखेतीले दिनु भएको छ ।

भब्य र सभ्य कलश यात्राको तयारीमा विभिन्न सहरहरुमा बसोबास गर्नुहुने दर्जनौं नेपाली महिला दिदी बहिनीहरु जुटेर अन्तिम तयारीमा पुगि सकेको जानकारी समाजसेवी मन्जु संग्रौलाले बताउनु भएको छ ।

त्यसैगरी विभिन्न समुहहरु बनाई कामहरुको बाँडफाड भएको र त्यसको अन्तिम तयारी छलफल यही ९ तारिख टाउन हल मिटिंगमा हुने  जानकारी यस अभियानमा निरन्तर खटिरहनु  भएका सामाजिक अभियन्ता ददिराम ढुंगानाले बताउनु भयो ।

महापुराणमा सम्पन्न गरिने धार्मिक बिधि, अन्य सहायक गुरुहरु र विविध पूजाहरुको तयारी व्यापक रुपमा भैरहेको जानकारी अर्का अभियन्ता तथा ज्योतिषी गुरु राजेन्द्र खनालले बताउनु भयो ।

सबै जुटौ ! सबै उठौं !! यस महाअभियानमा कोही पनि नछुटौँ भन्दै निमन्त्रणा पत्रहरु घरघरमा पुगिसकेको जानकारी एनआरएन भर्जिनियाका सभापति कृष्ण सादगीले बताउनु भयो ।

टाउन हल बैठक स्थान : 

Address : 14200 Saint Germain Dr
Centreville, Virginia 20121
Time 3.00 pm, Centreville Regional Library

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.