डिसी मेट्रो सप्ताहमा सामूहिक ब्रतबन्धसहित गुन्युचोलीलगायत अन्य पूजाका सेवा तथा सुविधा उपलब्ध हुने

वासिंटन डिसी, मे १३ २०१९

 

डिसी मेट्रो सप्ताह महापुराणको अवधिमा विभिन्न निजी पूजा तथा सँस्कारका विधि र धार्मिक कर्महरुमा आआफ्ना विविध गतिविधिहरु सम्पन्न गर्न सकिनेछ । विशेष गरी यस क्षेत्रमा बसोबास गर्नुहुने सबै नेपाली दाजुभाई दिदिबहिनीहरु तथा अमेरिकाको जुनसुकै भूभागमा रहे पनि अमेरिकाभरीबाट जसले पनि सहभागिता जनाउन सकिने उक्त निजी पूजा, सामूहिक पूजा तथा ब्रतबन्ध  र धार्मिक विधिसहितका कर्महरुको लागि आवश्यक शुल्क समेत निर्धारण गरिएको छ ।

शुल्क सम्बन्धी जानकारी यस प्रकार रहेको छ-

निजी पूजाहरु-

१. जन्मोत्सव पूजा, २. पाश्नी पूजा, ३. ग्र्याजुएसन पूजा, ४. नवग्रह शान्ति पूजा, ५. महासंकल्प, ६. पितृसूक्त पाठ तथा संकल्प, ७.महामृत्युन्जय पाठ, ८. गुन्युचोली जस्ता विविध कर्महरु सम्पन्न गर्न चाहेमा  ३०० डलर शुल्क तिरी गर्न सकिनेछ । यसको लागि ३०/३० मिनटको समयावधि रहनेछ भने ब्रतबन्धको लागि ४ घन्टाको समयावधि प्रवचन सुरु हुनुभन्दा अघि नै गरिनेछ । जुन २३ देखि २९ सम्म दिउसो १-३ बजेको समय भित्र ब्रतबन्धबाहेकका सेवा सुबिधा उपलब्ध हुनेछन् । यस्ता खालका पूजामा भाग लिनका लागि एक दिन अगाडि नै आफ्नो नाम लेखाई रसीद लिनु पर्नेछ ।

ब्रतबन्ध (चूडोपनयनसहितवेदारम्भसमावर्तन) संस्कार गर्न चाहने परिवारको लागि प्रति बटुक ७०० डलर लाग्नेछ । गुरु/ पण्डित तथा पूजा सामग्री तथा अन्य सरसामानको बारेमा ज्योतिष पन्डित राजेन्द्र खनाललाई सम्पर्क गर्न सक्नु हुनेछ । एउटै घरका यदि २ बटा बटुकको ब्रतबन्ध यही समूहमा गर्न चाहेमा डिस्काउन्ट स्वरुप जम्मा $१०००  मात्र लाग्नेछ । जुन १२ तारिखभित्र सुनिश्चित गरिसक्नु पर्नेछ ।

पुराणअवधिभर पूरै समय ८ दिनसम्म नै  कर्ता रहन चाहनेहरुको लागि ५०० डलर लाग्ने छ । यदि कर्ता बनेर कुनै पनि एउटा अर्को थप सामान्य पूजा गर्न चाहेमा थप शुल्क लाग्ने छैन । यसरी कर्ता बनेर सप्ताह यज्ञ गर्न पाउनु पनि मौकाको साथै सौभाग्य पनि हो ।

यी सबै सुविधा लिएबापत शुल्क तय गर्ने कुरा सर्वसम्मत निर्णयले पारित भएको छ ।

यस क्षेत्रमा बसोबास गरिरहनु भएका सवै नेपाली परिवार एवं व्यक्तित्वहरु समावेश हुने गरी खुला गरिएको सप्ताह महापुराण मुल आयोजक समितिमा हालसम्म १२०७ सदस्य भन्दा बढी व्यक्तित्वहरु आयोजक बनिसक्नु भएको छ । अमेरिकाको राजधानी जस्तो ठाउँमा यस्तो विशाल कार्यमा आफ्नो तथा परिवारको सहभागिता जनाई यस्ता खालका कार्यक्रमहरु गर्नु /गराउन पाउनु एउटा अवसर मात्र नभएर सौभाग्य पनि हो ।

प्रत्येक सोमबार साँझ ८ बजेको कन्फरेन्स कल बैठकमा सहभागी सवै सामाजिक अभियन्ताहरुबाट सर्वसम्मतीले यस्ता निर्णयहरु गरिने गरेको छ ।

साथै नेपालबाट मगाइएको डिसी मेट्रो सप्ताह लेखिएको विशेष कलश यात्रामा भाग लिन चाहने भक्तजनहरुको लागि कलशको भेटी ५१ डलर राख्ने निर्णय भएको  छ । सुरुको दिन आफ्नो नाम लेखिएको उक्त कलश पुराणअवधिभर यज्ञस्थलमै रहने र पुराण सम्पन्न गरेपछि उक्त कलश आफूले सम्झनास्वरुप घरमा लिएर जाने व्यवस्था गरिएको जानकारी दिइएको छ । यसका लागि मन्जु संग्रौला, विजया शाह आदि महिला दिदी बहिनीहरुले संयोजन गरिराख्नु भएकोले उहाँहरुसँग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।साथै यस लिंकमा गएर पनि विस्तृत विवरण लिन सक्नु हुनेछ- https://hinduculturecenter.com/archives/1613 

भजन तथा बाद्यबादन टिममा आउन चाहनेहरुले राजन अधिकारी (703) 870-9266 लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

यसैगरी अन्य स्वयंसेवक टिम तथा कमिटीहरु पनि बनाउनु पर्ने भएकोले यसका लागि इच्छुक व्यक्तिहरुले कृपया सिधै तलका नम्बरहरुमा सम्पर्क गरी आफ्नो नाम र सम्पर्क अनि कुन टिममा बसी काम गर्ने टिपाउनु होला वा तलको लिंकमा क्लिक गरी आफ्नो स्वयंसेवक भूमिका भर्न सक्नु हुनेछ  ।This is our Volunteer sign up website. Please sign up your available time for saptaha volunteer through this website.

अन्य आवश्यक टिम तथा कमिटीहरु –

१. ट्राफिक/ पार्किंग व्यवस्थापन कमिटी

२. यज्ञ मण्डप व्यवस्थापन कमिटी

३. सरसफाई तथा आन्तरिक व्यवस्थापन कमिटी

४. अतिथि स्वागत व्यवस्थापन कमिटी

डिसी मेट्रो क्षेत्र भर्जिनियामा सबैलाई सेन्टर पर्ने गरी निर्माण गर्ने लक्ष्य राखिएको नेपाली सामुदायिक केन्द्रको आधिकारिक नाम “नेपाली अमेरिकन कम्युनिटी सेन्टर” रहने भएको छ । यो कम्युनिटी सेन्टर निर्माणार्थ करिब तीन मिलियन अमेरिकी डलर संकलन गर्नका लागि यही जुन २२ देखि २९ सम्म आयोजना गरिने डिसी मेट्रो सप्ताह महापुराणको तयारीका लागि जोडिनु होला तथा विभिन्न ठाउँमा भईरहेका स्थानीय बैठक पनि भइसकेकोले अब आउने जुन ९ तारिखको टाउनहल मिटिंगमा उपस्थित भई सहयोग पुर्याउन सक्नु हुनेछ  । यस महापुराण महोत्सबमा करिब ५० हजार जनाको उपस्थिति रहनसक्ने अनुमान गरिएको छ । धन्यवाद ।

डिसी मेट्रो सप्ताह महापुराणको कर्ता, तथा ब्रतबन्ध लगायतका पूजाहरुमा भाग लिनका लागि सम्पर्क  -(571) 438-5499, (703) 870-6480, (703) 909-7123, (703) 314-6945, (202) 320-6115 लगायत तलका कुनै पनि नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुनेछ ।

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.