अमेरिका नेपाल सहयोगी समाजको नयाँ कार्य समिति चयन, अध्यक्षमा केदारप्रसाद तिम्सिना 

अमेरिका नेपाल सहयोगी समाजको नयाँ कार्य समिति चयन, अध्यक्षमा केदारप्रसाद तिम्सिना
२०७६ वैशाख १४ गते 
April 27, 2019 Saturday
भर्जिनिया USA

अमेरिकाको भर्जिनियास्थित मनासस सिटिमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजको अध्यक्ष पदमा केदारप्रसाद  तिम्सिना निर्बिरोध निर्वाचित भएका छन् । बिगतमा यस संस्थाका अध्यक्षहरुमा क्रमश: सागर कंडेल, पदम रेग्मी, कमला खरेल हुन् भने केदारप्रसाद तिम्सिना वार्षिक साधारण सभाबाट चुनिएका नवनिर्बाचित अध्यक्ष हुन् ।

निर्वाचित हुने अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष जानुकी ओझा, उपाध्यक्ष रमेश ढकाल, महासचिव हरिराम भण्डारी, कोषाध्यक्ष रामभक्त अधिकारी, सचिव आरती सिग्देल चुनिएका  छन् ।

यसैगरी अन्य कार्यकारी सदस्यहरुमा क्रमश: मन्जु थापा, लक्ष्मी रेग्मी, मौसम श्रेष्ठ, यज्ञ चापागाई, क्षितिज न्यौपाने, बिष्णु केसी, संगीता लामा तथा कामना अधिकारी पन्थी चयन भएका छन् ।

तिम्सिनाले अघिल्लो समितिले गर्न नसकेका कामलाई निरन्तरता दिदै समाजले के चाहन्छ? समाजसँगै सरसल्लाह र सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अमेरिकामा हुर्कदै गरेका साना नानीहरुले नृत्य प्रस्तुत गरेका थिए भने पद हस्तान्तरण गर्ने कार्यका साथै विधान संसोधन गरी पारीत गर्ने काम पनि सम्पन्न भएको थियो ।

Photo credit by Enepalese.

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.