डीसी मेट्रो सप्ताह 2019 conference call बैठक सम्पन्न !

डीसी मेट्रो सप्ताह 2019 conference call बैठक सम्पन्न !
एप्रिल १९ २०१९
डिसी, भर्जिनिया र मेरिल्यान्डका करिब ४० वटा सहरहरुलाई समेत केन्द्रित गरी गर्न लागिएको यस पुनित सप्ताह महोत्सव कार्यमा आज जोडिनु भएका सबैजनाको प्रतिक्रिया यसलाई जसरी पनि भब्यरुपमा सफल बनाउनु पर्छ भन्ने प्रतिबध्दतामा अडिग रह्यो । बेलुका 7 बजे सुरु भयेको यो कनफ़्रेन्स मिटिंगमा 30 जनाको सहभागिता रहेको थियो भने बोल्नका लागि सबैलाई छोटो समय छुट्ट्याईएको थियो ।२३ जनाले आफ्नो विचार राख्नु भएको थियो । जसमा यसका प्रमुख अभियान कर्ता ददिराम ढुङ्गानाले मिटिंगको प्रमुख उद्देश्य स्थानीय सहरहरुमा बैठक आयोजना गर्ने र धेरै भन्दा धेरै सहरहरुमा जनसहभागिता जुटाउने रहेको छ भन्दै मिटिंगको सुरुआत गर्दै अन्त्यमा अमुल्य सुझाबको लागि उच्च सम्मान तथा आगामी दिनमा क्रमश: लागू गर्दै अघि बढ़ने प्रतिबध्दताका साथ अमूल्य समय दिई मिटिंगमा जोडिनु हुने सबैजनालाई धन्यबाद दिनुभएको थियो ।
सबैजनाको राय आआफ्नो क्षेत्रमा सामुहिक बैठक राख्नुका साथै यो सामाजिक काम भएकोले कामलाई बाँडेर गरेमा छिटो सम्पन्न हुने, प्रचारप्रसार सामग्री छिटो तयार गर्नु पर्ने, ईन्डियन कम्यूनिटीलाई पनि समावेश गर्न सकिने, दाता पहिचानका लागि विभिन्न विशिष्ट महिला समूह तथा व्यापारिक समूह गठन गरी अनुदान संकलन गर्न सकिने, कार्यक्रम विज्ञापक समूह (program sponsor group) तथा छपाई तथा रुपांकनको व्यवस्थाको साथै यज्ञ व्यवस्थापन गर्ने सम्बन्धमा व्यक्त गर्नु भएको थियो । यस सप्ताहको प्रमुख उद्देश्य नेपाली संस्कृति तथा हिन्दु धर्म संस्कृतिको  संरक्षण  गर्नुको  साथै नेपाली सामुदायिक भवन बनाउने रहेकोले यस महान अभियानमा सबैलाई जोड्नुहुन अनुरोध ।
डीसी मेट्रो सप्ताह महोत्सव 2019 लाई सफल बनाउन प्रमुख वाचकको रुपमा वाचनप्रवीण दिनबन्धु पोखरेल नेपालदेखि आउदै हुनुहुन्छ । यो सप्ताह  कार्यक्रम यही जुनको २२ तारिखमा सुरु भई जुन २९ मा सकिनेछ । यस बैठकमा निम्न व्यक्तिहरुले सहभागिता जनाई बोल्नु भएको थियो।
Dadiram Dhungana
Puru  Subedi
Prem Sangroula
Laxmi Gaudel
Hari P. Regmi
Khagendra Adhikari
Keshav Baral
Madhav Sapkota
Thakur Dhakal
Rajendra Khanal
Arun Rupakheti
Mukti Panta
Krishna Bhandari
Harikrishna Pudaseni
Ramhari Khadka
Deshraj samyok
Ram Misra
Prem Paudel
Kedar Timsina
Padam Regmi
Arjun Sigdel
Mana Thapa
Bel Pachhai
Rupen Gurung

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.