अमेरिकाको हर्न्डन सिटीमा NEPALI AMERICAN HERITAGE DAY मनाइँदै

 

भर्जिनिया एप्रिल १८, २०१९

अमेरिकाको राजधानी वासिंटन डिसी नजिकै रहेको भर्जिनियाको  HERNDON CITY  मा यही अप्रिल 20 तारिखमा Nepalese American Heritage Day सभा तथा साँस्कृतिक कार्यक्रमकाबीच हर्षोल्लासका साथ मनाइने भएको छ । 2018 मा भएको स्थानीय निर्बाचनमा हर्नडन निवासी प्रदीप ढकाल हर्नडन टाउनको काउन्सिल मेम्बरमा निर्वाचित भएपछि ढकालकै पहलमा गत एप्रिल ९ तारिख काउन्सिल मिटिंगबाटै औपचारिक घोषणा भएपश्चात्  हर्नडन टाउनले अबदेखि प्रत्येक वर्ष अप्रिलको तेस्रो हप्ता “नेप्लिज अमेरिकन हेरिटेज डे” मनाउने निर्णय गरेको छ ।

यस कार्यक्रममा अमेरिकामै हुर्किरहेका बाल कलाकारहरुको साँस्कृतिक नृत्य प्रस्तुति, नेपाल झल्काउने विविध झॉकी, सॉस्कृतिक कार्यक्रम, विशिष्ट व्यक्तित्वहरुबाट मन्तव्यका साथै उपस्थित हुने सबै जनालाई नि:शुल्क भोजनको व्यवस्था पनि हुने जानकारी आयोजक कमिटीले गरेको छ । हेरिटेज डे को यस ऐतिहासिक कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको उपस्थितिका साथै अमेरिकन मूल प्रवाहको राजनीतिमा निर्वाचित नेपाली अमेरिकन जनप्रतिनिधिहरु, नेपाली राजदूत एवं कूटनीतिज्ञहरू, भर्जिनियाका सिनेटर, डेलिगेट, फेयरफ्याक्स काउन्टी सुपरभाइजर, शरिफ अफिसर तथा हरन्डन टाउनका मेयर, उपमेयर र वर्तमान र पूर्व पदाधिकारीहरुलगायत डिसी मेट्रवासी नेपालीहरुको  उपस्थिति रहनेछ । यदि कसैलाई खबर नपुगेको भएमा यसै सूचनालाई आधार मानी उपस्थित हुन सक्नुहुनेछ ।विदेशी भूमिमा यसरी पर्व जस्तै मनाउन पाउनु नेपालीहरुका लागि यो गौरवको विषय हो । साथै नेपाली नयावर्ष २०७६ पनि सँगै पर्नु एउटा सौभाग्यकै कुरा हो ।

आयोजक संस्था : आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया च्याप्टर ।
मिति: अप्रिल २०, शनिबार
Address : Herndon Middle School
901 Locust St, Herndon, VA 20170
समय: ठीक वेलुका ५:०० बजेदेखि
पोशाक: सकेसम्म नेपाली भेषभूषा र संस्कृति झल्किने पहिरनहरु ।
प्रवेश: निशुल्क

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.