देव भाषा संस्कृतबारे केही रोचक जानकारी

महान संस्कृत भाषा (देव भाषा) संस्कृतबारे केही रोचक जानकारी- January 16 2019

संस्कृत भाषालाई देव भाषा भनिन्छ, किनकी देवताले संस्कृत भाषाबाट नै बोल्न सुरुआत गरेका थिए भन्ने कुरा हाम्रा ईतिहास पुराण तथा वेदले बताउँछ । देवताको पालादेखी सुरु भएको यो भाषाको महत्व अहिले पनि उत्तिकै रहेको छ भन्ने जान्न सकिन्छ यी संस्कृतसँग जोडिएका केही बुँदागत भनाइहरुबाट
१.संस्कृत  विश्वका सबै भाषाहरूको जननी भाषा हो ।
२. संस्कृत भारतको उत्तराखण्ड राज्यको आधिकारिक भाषा नै संस्कृत हो । हिमवतखण्डकाे आधिकारिक भाषा हो ।
३. दक्षिण एशियामा मुगल साम्राज्य स्थापना हुनु अघिसम्म संस्कृत आयावर्तभरिकै राजकीय भाषा थियाे ।
४. अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हाे ।
५. संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरूमध्ये सबैभन्दा बढी शब्दहरू छन् र वर्तमानमा संस्कृत भाषाकाे शब्दकाेशमा १०२ अरब ७८ कराेड ५० लाख शब्दहरू छन् ।
६. संस्कृत कुनै पनि विषयका लागि एउटा विशाल भण्डार हाे जस्ताे कि एउटै हात्तीका लागि संस्कृतमा १०० भन्दा ज्यादा शब्दहरू छन् ।
७. नासासँग संस्कृत भाषामा लेखिएका ६० हजारभन्दा बढी ताडपत्रका पाण्डुलिपीहरू छन् जसमाथि नासा अनुसन्धान गरिरहेको छ । नासामा ६० हजार भन्दा बढी  पान्डुलिपी सुरक्षित छन् ।
८. फोब्र्स म्यागेजिनले जुलाई १९८७ काे अंकमा संस्कृत भाषालाई कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेकाे थियो।
९. अन्य भाषाकाे तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छ।
१०. संस्कृत मात्रै एउटा यस्तो भाषा हो जुन भाषाको सबै वर्णमाला उच्चाहरण गर्दा शरीरका सबै मांसपेशीको अभ्यास हुन्छ । यस्तो अरु कुनै पनि भाषामा हुँदैन ।
११. अमेरिकन हिन्दु युनिभर्सिटीका अनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलाई ब्लडप्रेसर, मधुमेह, कोलेस्टराेलजस्ता राेगबाट मुक्ति मिल्छ भने संस्कृतकाे प्रयाेगले मानव शरीरकाे तन्त्रिका तन्त्र सक्रिय हुन गइ सकारात्मक उर्जा प्रवाहमा सघाउँछ ।

१२. स्पीच थेरापीमा संस्कृत सहयाेगी सिद्ध हुनाका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयाेगी भाषा हो ।
१३. अहिले पनि भारतकाे कर्नाटकको मुत्तुर गाउँका मानिसहरू संस्कृतमा नै बातचित गर्दछन् ।
१४. भारतबाट प्रकाशित सुधर्म संस्कृतकाे पहिलाे अखबार हो, जुन सन् १९७० देखि प्रकाशित भएको हाे भने अहिले यसको अनलाइन संस्करण पनि सुचारू भइसकेको छ ।
१५. नासाका वैज्ञानिकका अनुसार जब उनीहरू अन्तरिक्ष ट्राभलर्सलाई सन्देश पठाउँदा अरू जुनसुकै भाषाका वाक्य उल्टिनाले अर्थकाे अनर्थ लाग्ने तर संस्कृतको भने वाक्य उल्टे पनि अर्थ नबदलिने विशेषता रहेको छ ।
१६. तपाइँलाई आश्चर्य लाग्न सक्छ कम्प्युटरबाट गणितको हल गर्ने विधि Algorithms संस्कृतमा बनेकाे हो, अंग्रेजीमा होइन ।
१७. नासाका वैज्ञानिकहरूले बनाउन लागेको 6th र 7th Generations super computers संस्कृत भाषामा तयार भएर सन् २०३४ सम्म बजारमा आइपुग्नेछन्।
१८. जर्मनीका १४ विश्वविद्यालयहरूमा संस्कृत पढाइन्छ । यहाँका केही विद्यालयमा समेत  संस्कृत पढाउन सुरु गरिएको छ ।
१९. संस्कृतले दिमागलाई तेज बनाउनका साथै स्मरणशक्ति बढाउँछ । त्यसैले लन्डन र आयरल्याण्डका विद्यालयहरूमा संस्कृत अनिवार्य विषयका रूपमा पढाइन थालिएको छ ।
२०. हाल संसारका १७ भन्दा बढी देशहरूमा कम से कम एउटा न एउटा युनिभर्सिटीमा संस्कृत प्राविधिक शिक्षाका रूपमा पढाइन्छ ।

साभार : सामाजिक संजालबाट 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.